Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

Ncell जोक

Ncell Customer Care एउटाले NCELL Customer Care मा फोन गरेछ एउटी केटीले फोन उठाइः कस्टमर केयर सेन्टरमा तपाईंलाई स्वागत छ । केटाः थ्यांक यु एनसेल स्टाफः म तपाईंको के हेल्प गर्न सक्छु? केटाः म तिमीसँग बिहे गर्न सक्छु? एनसेल स्टाफः तपाईंले गलत नम्बर डायल गर्नु भयो । केटाः हैन मैले सही नम्बर डायल गरेको, बिहे गर्छौ मसँग? एनसेल स्टाफः मलाई बिहे गर्न कुनै इन्ट्रेस्ट छैन । केटाः एकचोटि सुन न साथी ... केटीः नट इन्ट्रेस्टेस्ड केटाः लभ म्यारिज भए हनिमुनमा स्वीजरल्यान्ड, एरेन्ज म्यारिज गरे पेरिस केटीः म तपाईंसँग बिहे नै गर्न चाहदिँन त तपाई अफर किन गर्नु हुन्छ । केटाः कोर्ट म्यारिजको खर्च रू. १०,००० सामान्य बिहेको खर्च रू. ३००००० केटीः तपाई नेपाली बुझ्नु हुन्न? मलाई बिहे नै गर्नु छैन, तपाईं खाली बिहेका कुरा गर्नुहुन्छ? केटाः अब थाह भयो लेडी तिमीलाई हाम्रो पीडा? हामीलाई कुनै इन्ट्रेस्ट नभएको अफरमा घरीघरी एसएमएस अनि कल गर्दा कस्तो हुँदो रहेछ था पाईस?

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.