Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

आँखाको वरिपरि देखिने कालो धब्बा हटाउने ५ घरेलु उपाय




१. गुलाव जल :
कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस् र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल हटनसक्छ ।
२. काँक्रो :
काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०/१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुहोस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल हटनसक्छ ।
३. गोलभेँडा :
गोलभेँडामा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा गोलभेँडाको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात ‘डार्क सर्कल’ हटनसक्छ ।
४. आलु :
आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस् । त्यसलाई बन्द आँखामाथि १५र२० मिनेटसम्म राख्नु । केही समय पछि सफा पानीले पखाल्नुस् । यसो गर्दा पनि ‘आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात ‘डार्क सर्कल’ हटनसक्छ ।
५. पुदिना :
पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस् । करिब १०र१५ मिनेट पछि सफा पानीले पखाल्नुस् । यसलेआँखाको ‘डार्क सर्कल’ हटाउन मद्धत गर्छ ।
- नेपाली हेल्थ बाट साभार

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.