Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

कुन समयमा कति पानी पिउने ?





एकजना मानिसले कम्तीमा आठ ग्लास पानी पिउनु राम्रो मानिन्छ । तर, यो कुरा हामीले व्यवहारमा प्रयोग गरिरहेका हुँदैनौँ । अधिकांश मानिस आफूलाई तिर्खा लागे मात्र पानी पिउने गर्छन् । यो ठूलो गल्ती हो । पानीले हाम्रो स्वास्थ्य मात्र नभएर अनुहार पनि भरिलो बनाइराख्छ । अनुहारमा चमक दिन्छ, दिमागलाई चुस्त बनाएको अनुभव गराउँछ । साथै तौल घटाउन पनि पानीले मद्दत गर्छ ।
१. बिहान उठ्नेबित्तिकै खाली पेटमा एकदेखि दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसमा मह र कागती मिसाएर पिउँदा झन् राम्रो हुन्छ ।
२. खाना खानु एक वा आधा घन्टा अगाडि एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले तपाईंलाई भोक लागेको कम गराउँछ । जसले तौल बढ्न पाउँदैन र पाचन शक्तिलाई पनि बढाउँछ ।
३. यदि तपाईंलाई खाना खाँदा तिर्खा लाग्छ भने सो बीचमा पानी पिउनु हुँदैन । यस्तो वेलामा दही या सलाद खाँदा राम्रो हुन्छ । पानी पिउने बानी छ भने तत्काल छाडेको राम्रो हुन्छ ।
४. यदि तपार्इं अफिसमा काम गर्दागर्दै थकान भएको महसुस गर्नुभएको छ भने खाजा खानुको सट्टा एक गिलास पानी पिउँदा, तत्काल जिउमा स्फूर्ति आउँछ ।
५. बिहान, दिउँसो साँझ र राति क्रमश: पानी कम पिउँदै जानु राम्रो हो ।
६ यदि तपाईं दैनिक व्यायम गर्नुहुन्छ भने व्यायाम सुरु गर्नुपूर्व र गरिसकेपछि सक्दो पानी पिउनु राम्रो हुन्छ ।
७. यदि तपाईं बिरामी हुनुहुन्छ, गर्भवती हुनुहुन्छ या स्तनपान गराउने आमा हुनुहुन्छ भने सामान्य अवस्थाभन्दा बढी पानी पिउनुपर्छ । यस्तो समयमा कम्तीमा एक दिनमा १० गिलास पानी पिउनुपर्छ ।

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.