Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

रमाईलो कुराकानी

एउटा पत्रिकाले छाप्यो
५० प्रतिशत केटी वेवकुफ हुन्छन्
त्यो देखेर केटीहरू सडकमै उत्रिए, अनि पत्रिकाले
फेरि छापेछ, ५० प्रतिशत केटी वेवकुफ हँुदैनन्
(त्यसपछि मामिला शान्त भयो)
o-o-o-o-o
न त पढ्न मन लाग्छ न त काम गर्न
के यो बूढीको कमाई खाने लक्षण हो ?
​o-o-o-o-o
शिक्षक : डेट र तारिखमा के फरक छ भन त दिवस ?
दिवस : सर डेट गलफ्रेन्डको साथमा गइन्छ भने तारिखचाहिँ वकिलको साथमा ।
(शिक्षक बेहोस्)
​o-o-o-o-o   
बिहानै चर्को भा छन् त बूढा ! फिलिङ्स गर्मी... ।
​o-o-o-o-o
शेरेको छोरो : ए बाउ, ५ र ५ कति हुन्छ ?
शेरे : थुक्क साले, भाते, गधा, नालायक, गोबर गणेश त्यति पनि थाहा छैन ? जा गएर क्यालकुलेटर लिएर आइज ।






​o-o-o-o-o 
शेरे गधाको अघि लडेछ, त्यो देखेर एउटा केटीले जिस्क्याउँदै भनिछ । 
केटी 
: के हो ? दाइको आशीर्वाद लिँदै हो ?
शेरे : हो भाउजू, तपाईंले सही भन्नुभयो ।
(केटी टवाँ..)
​o-o-o-o-o
शेरेकी बूढी (रिसाउँदै) : तिमी हिजो छिमेकी केटीसँग छेस्को फिल्म हेर्न गाथ्यौ होइन ?
शेरेको स्मार्ट उत्तर : अनि के गरम त म, त्यो फिल्म परिवारसँग बसेर हेर्न हुन्न रे ।
​o-o-o-o-o
केटीहरू भाउ खाने
केटाहरू धोका खाने,
किसानहरू हरेस खाने,
जसको नक्कली सर्टिफिकेट छ उ जागिर खाने,
हाम्रो नेपालमा ।
​o-o-o-o-o
सर : शेरे, भन् त तैंले जिन्दगीमा कुनै राम्रो काम गरेको छस् ?
शेरे : छु सर
सर : के काम गरिस् त्यस्तो ?
शेरे : एउटा हजुरबुबा हिँड्न नसकेर विस्तारै हिँडिरहेको देखे ।
सर : अनि ?
शेरे : मैले हजुरबुबाको पछाडि टोक्ने कुकुर छोडिदिए, अनि हजुरबुबा छिटो–छिटो हिँड्न थाल्नुभयो ।
सर ठाउँको ठाउँ बेहोस ।
​o-o-o-o-o
सासूले बुहारीलाई हप्काउँदै भनीछन् ।
सासू : तेरा दुई–दुईवटा आँखाको के काम, चामलबाट ढुंगा पनि केलाउन सक्दिनस् ।
बुहारी (रिसाउँदै) : तिम्रा बत्तीस–बत्तीसवटा दाँतको चाहिँ के काम एक–दुईवटा ढुंगा पनि चपाउन सक्दिनौ ।
​o-o-o-o-o
शेरेले गाउँको एकजना ज्ञानी वृद्ध मानिससँग ३ वटा प्रश्न सोधेछ : बाजे जिन्दगी के हो ? जिन्दगीमा साथीको महत्व कति हुन्छ र, जन्म पछि मृत्यु किन हुन्छ ?
शेरेको कुरा सुनेर बूढा एकछिन सोचमा परे र खल्तीबाट सलाईको बट्टा निकाले र त्यसबाट एउटा काटी निकालेर त्यसलाई तीन टुक्रा पारे, पछाडिको टुक्रालाई पूर्वतिर फाले, अनि बीचको टुक्रालाई फेरि बट्टामै राखे, अनि माथि तिरको टुक्रालाई एकछिन घोरिएर हेरे ।
अनि
कान कोट्याउँदै भने : मलाई थाहा छैन, अरू कसैलाई सोध है ।
​o-o-o-o-o
मिस : हाकु... ‘गाडी फस्यो’ यो कुन काल हो ?
हाकु : ध ‘काल’
मिस (शेरेबाट केही सिक गधा) : शेरे ‘पानी पर्‍यो’ यो कुन काल हो ?
शेरे : छाता नि ‘काल’
(शेरे रक्स मिस सक्स)
​o-o-o-o-o
साथी : ओए, के भो रे हिजो ?
म : यार लोडसेडिङमा गर्लफ्रेन्डलाई किस गरेको उसको आमा परिछ ।
साथी : ओ माइ गड ! अनि के फेरि के भो ?
म : आज डेटिङमा बोलाकी छे, गएन भने फेरि छोरीलाई भन्दिन्छे रे ।
(फसादमा परियो यार)


  श्रोत : कान्तिपुर साप्ताहिकबाट साभार

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.