Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

युवकको यात्रा

   





       सुमधुर संगीतको   साथमा आफ्नै परिवेसमा रमाउदै छु । मेरो यात्रा  बुटवलबाट  पोखरातर्फ मोडिदै छ  । एकजना दाई र म कारमा जादै छौ । वरिपरीको परिवेसलाई नियाल्दै यात्रा हुदै छ । बाटोमा यात्रा तय गर्ने क्रममा कार एक्कासी रोकिन पुग्छ । म कारमा आनन्दले गीत सुन्दै बसिरहेको थिए बाहिर सडक नजिकै खुला चौर थियो ।     दाईले एकछिन  नजिकै एकजना साथीलाई भेट गर्ने भनेर चौर नजिकैको घरमा जानुभयो । 


 मन्द म्युजिकको साथमा मा आफ्नै धुनमा गाडीमा रमाईरहेको थिए । अकस्मात् मेरो नजर कारको ऐनामा मोडियो । जहाँ एकजना युवती कानमा ईयरफोन लगाएर सायद गीतको आनन्दको साथ  अगाडी बढ्दै थिईन । म  पनि आफ्नै तालमा कारको ह्याण्डील समाएर म्युजिकको मजा लिदै थिए। उनी कारको नजिकै आईन् ,त्यसबखत म कारभित्र ह्याण्डील समातेर बसेको थिए  । बाहिरबाट उनले मलाई तलसम्म पुर्याईदिन आग्रह गरिन् । हेर्दा पनि राम्री तथा सिम्पल लाग्ने युवती तर्फ मेरो नजर मोडियो । उनी संग सोधपुछ गरे , भर्खरै कक्षा बाह्र पास गरेकी रहेछिन् । भेटघाटको लागि आफन्तको घरमा  जानको लागि केहि बेरदेखी गाडीको प्रतीक्षा गरेकी रहेछिन । एकछिन  रमाईलो गफगाफ संगै परिचय पनि गरियो । यत्तिकैमा रमाईलो कुराकानी गर्दागर्दै उनी सम्पर्क ठेगाना  दिन पनि तयार भईन् । गफा गर्दागर्दै दाई पनि आईपुग्नु भयो ।   दाईलाई पनि साथीको बहीनी भनेर गफ लगाईदिए त्यो कुराको बहाना  हामी दुईबीच पहिल्यै नै भएको थियो   गाडी पनि स्टार्ट भयो ,   अनिशालाई पनि  दाईको गाडीमा सँगै राखेर  गन्तब नजिकै पुर्‍याईदिए ।     ............................यसपछि के के हुँदै छ त्यसको लागी युवकको यात्रा - दोश्रो भाग पढ्न नबिर्सिनु होला ।
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.