Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

स्पष्ट बिचार - नेपाली परिवेश



                  ईन्टरनेटको माध्यमबाट देश तथा बिदेशबाट  मेरो अनलाईन साईट  www.bikramgautam.com.np  हेरिरहनु भएका प्रीय   पाठक बृन्द नमस्कार ! हाम्रो नेपाली समाजमा  बलदिलो परिवेशसँगै  बिभिन्न उतारचढाव देखा पर्दै छ । यही कुरालाई आत्मसात गर्दै एउटा बलदिलो परिवेशको साथसाथै समय सान्दर्भिक कुराहरु तपाईंहरु सामु पस्किने तयारीमा लागिपरेको छु । ब्यस्तताका बाबजुद केहि समयदेखी आफ्नो आर्टिकल लेखन कार्यमा अवरोध देखा परेको छ ।केहि समयदेखि  रोचक , प्रेरक तथा मनोरञ्जनात्मक रुपमा छोटा मिठा बिचार तथा व्यंग्यात्मक प्रस्तुतिहरु भने  सामाजिक संजाल मार्फत प्रस्तुत गर्दै आईरहेको छु । हाम्रो देश नेपाल र त्यससँग जोडिएका समसामयिक कुराहरुलाई  सहीको सही र गलतको गलत छुट्याएर खुला ढंगबाट तपाईहरुसामु प्रस्तुत गर्नु मेरो उद्देश्य हो ।
            हाम्रो नेपाली समाज बिश्व परिवेशसँग  यति नजिकिदै गएको छ ।तीब्र गतिमा प्रबिधिमा आएको परिवर्तन संगै  ईमेल,  ईन्टरनेट संचारको बिकास तथा विविध क्षेत्रको बिकासले गर्दा  बिश्व जगतसँग हाम्रो देश नेपाल पनि जोडिन पुगेको छ ।  त्यसको भरपुर सदुपयोग मैले पनि गरेको छु अब छिट्टै छोटा छरिता लेख रचना पनि वेबसाईट www.bikramgautam.com.np  मार्फत प्रकाशन गर्ने तयारीमा छु ।  मेरो छोटो लेख रचना नेपाली परिवेशसँग सम्बन्धित रहेर प्रस्तुत गर्नेछु । अब स्वतन्त्र रुपमा खुला अनि समय सान्दर्भिक बिचार तथा कतिपय  तथ्यपरक लेखहरु पनि  प्रस्तुत गर्नेछु । कृपया मनमा लागेका बिचार तथा प्रतिक्रिया दिनुहोला , तपाईहरुको  बिचार  तथा प्रतिक्रिया नै मेरा लागि स्पष्ट तथा निष्पक्ष लेखनका लागी मार्गदर्शन बन्नेछ ।
- धन्यवाद ✋
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.