Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

प्रजातन्त्र उपलब्धि - हामी सबै नेपालीलाई शुभकामना !!!

बि.सं १९९७  सालदेखि  राणाहरु विरुद्ध आन्दोलन चर्किन थाल्यो ।  देश जनताको लागी केहि गर्छु भनेर आफ्नो ज्यान धरापमा राखेर केहि ब्यक्तिहरु खुला रुपमा प्रस्तुत भए । त्यतिबेला राजनीतिक माहोल पुरै निरंकुशमय थियो जसको नेतृत्व राणाहरुले गरेका थिए । ज्ञान आर्जन गर्ने शिक्षण संस्था सिमित मात्रामा थिए , जान्नेबुझ्ने मानिसहरु थिए तर बोलवाला मानिसहरुको कमी थियो । बोल्ने र जान्नेबुझ्ने मानिसमा अत्याधिक डर , त्रासको बाताबरण थियो ।राज्यमा अलिकती बोलवाला मानिस बाहिर आयो कि राणाहरुले नजरबन्दमा राखिहाल्थे।बोलेपनी राणा अनुकुल कुराहरु जबर्जस्ती बोल्न लगाईन्थ्यो यातता दिईन्थ्यो त्यही राणाहरुको निरंकुशताविरुद्ध बोल्दा शुक्रराज शास्त्री , गंगालाल श्रेष्ठ , धर्मभक्त माथेमा, दसरथ चन्दको यातना दिएर हत्या गरिएको थियो ।
देश र जनताको हक , हित र अधिकारको लागी सार्वजनिक रुपमा आबाज उठाउँदा राणाकालमा यि चार ब्यक्तित्वहरु सहिद भए थुप्रैले कष्टकर यातता सहनुपर्‍यो ।
राणाहरुको बिरोधमा देशभर कडा आन्दोलन हुँदै थियो त्यतिबेला नेपालमा राजा त्रिभुवन थिए राणाहरुले राजालाई आफु अनुकुल बनाउन हदैसम्म प्रयास गरे तर त्रिभुवन राणाहरुको रबैयाबाट बिचलित भएनन् । देशभर त्यतिबेलाको नेपाली काङ्ग्रेस लगायत राजनीति गर्ने ब्यक्तित्वको सक्रियतामा आन्दोलन ब्यापक चर्किएको थियो । ठाउँ - ठाउँमा राणाका मान्छेहरुलाई नियन्त्रणमा लिईएको थियो । राजा त्रिभुवन २००७ साल कार्तिक २२ गते भारतीय दूतावासको शरणमा पुगेका थिए । भारतिय दुताबासको सहयोगमा तिहारको मौका पारी राजा त्रिभुवन दिल्ली प्रस्थान गरे दिल्लीमा केहि समय बिताए । दिल्लीमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको पहलमा राजा ,नेपाली काङ्ग्रेस , राणाबिच सम्झौता भयो । फागुन ४ गते त्रिभुवन नेपाल आए । त्यतिबेला नेपाली काङ्ग्रेसको सशस्त्र क्रान्ति रोकिएको थियो । २००७ साल फागुन ७ गते राजा त्रिभुवन शाहले प्रजातन्त्रको स्थापना भएको घोषणा गरेका थिए , त्यतिबेला देखी नेपालमा १०४ बर्षे निरंकुश जहानिया राणा शासनको अन्य भएको थियो । पछि राजा महेन्द्रले दलहरुलाई आफ्नो कब्जामा लिए २०१७ साल पुस १ गते महेन्द्रले सत्ता आफ्नो हातमा लिएर निरंकुश तानाशाह देखाए । तीस बर्षसम्म पन्चायति निरंकुश शासनले जरो गाड्यो जसको श्रेय त्यतिबेलाका राजा महेन्द्रलाई जान्छ
निरंकुश राजतन्त्र विरुद्ध २०४६ सालमा विभिन्न राजनीतिक दलको सक्रिय सहभागितामा आन्दोलन चर्कियो र प्रजातन्त्रको
पुन स्थापना भयो प्रजातन्त्रको स्थापना भयो । पछि २०५८ सालमा राजा बिरेन्द्र शाहको परिवारको षड्यन्त्रपुर्वक हत्या गरियो । त्यतिबेला राजा बनेका ज्ञानेन्द्र शाहले आफुलाई राजा घोषणा गरे तत्कालीन प्रधानमन्त्री शेरबहादुरलाई हटाए । माओबादी जनयुद्ध पनि त्यतिबेला भईरहेको थियो तत्कालीन नेकपा माओबादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्धको सुरुवात गरेको थियो । पछि २०६३ साल मंसिर ५ गते सरकार र माओवादी बिच बिस्तृत शान्ति सम्झौता भयो । त्यसपछी मओबादी , काङ्ग्रेस , एमाले लगायत सबै राजनीतिक दलहरु एक ठाउँमा आए । २०६२ चैत २४ गतेदेखि सुरु भएको जना आन्दोलन २०६३ बैशाख ११ गतेसम्म चर्कियो त्यसदिन त्यतिबेलाका राजा ज्ञानेन्द्र शाहले देशका नाममा सम्बोधन गरे फलस्वरूप तानाशाही राजनीतिबाट घुँडा टेके र जनतामा लोकतन्त आएको महसुस भयो पछि गणतन्त्र आयो । गणतन्त्र आएपछी नेपालमा २४० बर्षदेखी शाहबंश राजतन्तको अन्त्य भयो यि उपलब्धि हासिल गर्नुमा हामी नेपाली जनता र राजनीतिक दलहरुको योगदान छ । देश जनताको हक , हित र अधिकारको लागी हजारौं जनताहरु सहिद भए । उनीहरुले गरेको योगदानको हामीले सही ढंगबाट मुल्यांकन गर्नुपर्छ । आज हाम्रो देश नेपाल प्रजातन्त्र ,लोकतन्त्र हुँदै गणतन्त्रमय बनेको छ । यसको श्रेय देशको लागी महान रुपमा निस्फिक्री रुपमा योगदान गर्नुहुने सहिदहरु प्रती जान्छ । प्रजातन्त्र सँगसँगै देशमा लोकतन्त्र , गणतन्त्र आयो राजाको ठाउँमा राष्ट्रपति चुनिए र नयाँ संविधान बन्यो देश संघीयतामा गयो देशले नयाँपन ल्यायो अब देश बनाउने जिम्मा हामीले निर्वाचन गरी चुनेका जनप्रतिनिधिहरुलाई गएको छ । जनप्रतिनिधिमुलक देशको राजनीतिले जनस्तरमा आमुल परिवर्तन अझ ल्याओस हामी संसारभरका जनता त्यही चाहन्छौं प्रजातन्त्र प्राप्ति भएको अवसरमा तपाई हामी सबैलाई शुभकामना !! मेरो देश मेरो नेपाल 
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.