Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

सामाजिक हिंसा विरुद्ध जनचेतनामूलक शिक्षा

बिक्रम गौतम , फागुन २६ काठमाडौं। 
त्यही मेरो देश नेपाल जहाँ बिभिन्न भाषाभाषी तथा जातजाति भएका मानिसहरु बसोबास गर्दछन् नेपालका प्रत्येक क्षेत्रमा आ - आफ्नै मौलिक संस्कृति तथा परम्परा रहेको छ । त्यही संस्कृति
तथा परम्पराको नाममा नेपालका कतिपय कतिपय क्षेत्रमा अनेकौ हर्कत देखिने गरेका छन् । संस्कृति मानिसले नै बनाएको हो । सामाजिक रुपमा संस्कृतिको नाममा बिकृतीको आगमन भएको छ । यसको प्रमुख कारण अशिक्षा हो । मुख्यत नेपालको ग्रामीण क्षेत्रमा यो अवस्था बिधमाम छ । कतिपय नेपाली समाजमा यसबारेमा बोल्यो की समाजबाट बहिस्कार परिन्छ की भन्ने डर छ । विशेष गरी समाजमा अलिकती पछाडी परेको समुदायलाई नै हेप्ने परिपाटी छ । जातजाति भनेर हेप्ने कुट्ने ,अत्याधिक छुवाछूत गर्ने, बोक्सीको आरोप लगाउने खानेपानीको मुहान वा कुवाबाट पानी लैजान नदिने , घर अगाडिको बाटोबाट हिड्न नदिने लगायत सामाजमा थुप्रै बिभेदहरु देखापरेका छन् । अझै पनि नेपालका पिछडिएका ग्रामीण बस्तीमा मुखिया प्रथा कायम छ मुखियाले जे भन्यो त्यही गरिन्छ । तल्लो जात माथिल्लो जात भनेर समाजमा एक अर्कालाई लडाएर रमिता हेर्नेको कमी छैन ।समाजमा एक किसीमको डर , त्रास कायमै रहेको छ ।
नेपाल लोकतान्त्रिक गणतन्त्रमय मुलुक हो तर पनि ग्रामीण क्षेत्रमा निरंकुश अन्याय अत्याचारको क्रम हालसम्म पनि रोकिएअको छैन । समाजमा बोल्यो भने सामाजिक बहिष्कार परिन्छ की भन्ने भ्रम भएकाले कतिपय क्षेत्रका मानिसहरु बोल्न हिच्किच्याउँछन् । हिजोआज बिभिन्न क्षेत्रका सामाजिक संघसंस्थाहरु तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुले आवाज उठाउन थालेका छन् । सबै क्षेत्रमा तिनीहरुको पहुँच छैन । सामाजिक हिंसा अन्तर्गत बलात्कार, हत्या ,घरायसी अपहेलना ,बोक्सीको आरोप थुप्रै प्रकारका घटनाहरु पर्दछन् । हाम्रो नेपाली समाजमा महिला हिंसा बढी मात्रामा देखा परेको छ । बलात्कार लगायत बिभिन्न पारिवारिक घटनामा महिलाहरु पीडित बनेका छन्  ।  बोल्यो समाजले सुन्दैन , नबोलौ मनभरी पिडा छ , चुपचाप सहेर बस्नुपर्ने अवस्था सिर्जना गराईएको छ । समाजमा कतिपय घटनाहरु त्यसै गुपचुप गराईएका र त्यसै लुकाउन बाध्य पारिएको छ । भयको बाताबरणमा समाजमा मौन रहेर बस्नुपर्ने अवस्था छ । सामाजिक रुपमा यस्ता खाले घटना घट्नुको मुख्य कारण भनेको समाजमा पर्याप्त शिक्षाको कमी हुनु हो । शिक्षित मानिसमा मानवीय चेतना तथा समबेदना भएका कारण यस्तो कुसंस्कारमा रहेर काम गर्ने आँट गर्न सक्दैन उसको नैतिकताले नै दिदैन । तर कतिपय अवस्थामा शिक्षित तथा बोलवाला मानिसको कमी भयो भने त्यहाँ सामाजिक बिकृतीले स्थान पाएको हुन्छ । सामाजिक बिकृती हटाउनका लागी समाजमा सबैलाई  जनचेतनामूलक शिक्षा दिनु आवश्यक पर्दछ ।
नेपालमा कहिले छुवाछुतको बिषयलाई लिएर कुटपिट गर्ने ,कहिले जग्गामा बिबाद गर्ने , कहिले बलात्कार ,कहिले रिसको आवेगमा हत्या गर्ने , कहिले बोक्सी लाग्यो भनेर फोहोर बस्तु खुवाउने तथा मरणासन्न निलडाम हुने गरी कुटपिट गर्ने लगायत विभिन्न प्रकारका सामाजिक हिंसाहरु हुँदै आएका छन् । यस्तै घटना नारी दिवसको दिन  (२०७४/११/२४)कैलालीको घोडाघोडी नगरपालिका स्थित गाउँमा हुन पुगेको छ । एकजना युवतीमाथी बोक्सीको आरोप लगाईएको छ । उनलाई निर्घात कुटपिट गरिएको छ । युवतीलाई कुटपिट गर्दा गाउँलेहरु रमिते बनेका थिए । स्थानीय प्रशासनले पनि असहयोग गरेको पीडित पक्षले गुनासो गरेको छ । यो कस्तो बिडम्बना ! पीडित युवतीलाई उद्धार गर्न खोज्दा केहि युवाहरूलाई पनि पिट्ने धम्की दिईयो । पेटमा कुल्चिने तथा लात्तिले शरीरका संबेदनसिल भागमा हान्ने हर्कतका एकदमै अमानवीय किसीमको मानसिक यातना दिएको छ
। साथै पछि मानवअधिकारको पक्षमा काम गर्ने संस्थाको सहयोगमा उपचार गर्न अस्पतालमा लगिएको रहेछ । गाउँका अनपढ नालायक पाखण्डी सोच भएका महिला तथा  तथा धामी, झाँकी पुरुषले ती युवतीमाथी हर्कत गरेका हुन् । धर्मको नाममा तथा कुनै आफ्नो पाखण्डी स्वार्थका नाममा ती युवतीमाथी अमानवीय ब्यबहार गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ र पीडितलाई न्याय दिलाउनुपर्छ । सरकारले यस्ता अमानवीय ब्यबहार हटाउन तथा उन्मुलन गर्न कडा कदम चाल्नु पर्दछ । सरकारले कडा कदम चाल्नुपर्छ यदि कडा कदम नचाल्ने हो भने देश बिभिन्न स्थानमा यस्ता प्रकारका सामाजिक बिकृतीका घटनाहरु दोहोरिन सक्छन् । नेपाल सरकारले देशका कतिपय ग्रामीण भेगमा जनचेतनामूलक शिक्षा कार्यक्रम अभियान संचालन गर्नुपर्ने देखिन्छ । समाजमा देखा पर्ने बिकृती बिसङ्गती रोक्नको लागि सामाजिक शिक्षा कार्यक्रम तत्कालै आवश्यक छ । विद्यालय तहबाटै सामाजिक शिक्षा बिषयमा प्रभाबकारी ढङ्गबाटै अगाडी बढाउँदा पनि यसले समाजमा जनचेतना जगाउन सहयोग पुर्‍याउँछ । बेलाबेलामा समाज देखा पर्ने बिकृती विरुद्ध नाटक पनि प्रस्तुत गरेर सचेतना दिलाउन सकिन्छ । सरकारले देशका ग्रामीण तथा पिछडिएका दुर्गम क्षेत्रहरूमा सामाजिक शिक्षा कार्यक्रम तथा तालिम सन्चालन गर्नुपर्दछ। जसबाट यी असामाजिक तथा अमानवीय ब्यबहार हटाउन सहयोग पुग्दछ ।


######################################
-मेरो लेखनमा  कमजोरी भएको हुन सक्छ त्यसको लागी  माफ गरिदिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।  प्रीय पाठक  तपाईले सामाजिक सन्जालका कुनै पनि माध्यमबाट मलाई आफ्नो सल्लाह तथा सुझाब दिन सक्नुहुनेछ । तपाईहरुको सल्लाह , सुझाव तथा प्रतिक्रियाले नै अझ राम्रो ढंगबाट लेख्न सघाउ पुर्‍याउने छ । -धन्यबाद

Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.