Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

युवकको यात्रा - दोश्रो भाग



        दाई र म पोखरा तर्फ प्रस्थान गर्‍यौ । मेरो मनमा कुराहरु यताउता गुल्टीरहेका थिए । यात्रा गर्दा युवती भेटिएको पलहरुलाई मैले केहि बुझ्ने मौका पनि पाउँदै थिए । छोटो समयमा नै परिचय गरी अन्जानबस ती युवतीको नजरमा म आफैलाई हराईरहेको महसुस भयो । मनमा अनेकौं कुराहरु खेल्दाखेल्दै पोखरा पनि आईपुगियो । दाईसँग यताउता घुमियो । दाईको थोरै काम पनि अनि भेटघाट पनि भयो र मेरो घुम्ने बहाना पनि भयो त्यही भएर म पोखरा आउन आतुर पनि थिए । पहिला पनि पोखरा घुम्न आएको थिए म तर त्यतिबेलाको पल भन्दा अहिलेको पल मेरा लागी बिल्कुलै फरक बन्न पुगेको छ । दिनभरजसो दाई सँगै र दाईको साथीहरुसँगै पनि घुमियो र केहि चिनेजानेका आफन्तहरु सँग पनि भेटघाट गरियो त्यो दिन शनिबार परेको थियो सबैजनालाई भेट गर्न सकिएन । उज्यालो हराउँदै अँध्यारो तर्फ गईरहेको बेला मेरो मन भने झनझन उज्यालो बन्दै गईरहेको थियो । नहोस् पनि कसरी मेरो मनमा उनको प्रेमको दियो झलल बलेको महसुस भएको थियो । त्यो बास्तबिक पल सन्ध्याकालिन समय तर्फ गईरहेको थियो ।




        म सँग आएको दाई जो मेरो गाउँको दाई हुनुहुन्छ , उहाँ मेरो आफन्त पनि पर्नुहुन्छ जसले मलाई बाल्यकाल देखी नै माया गर्नुहुन्थ्यो । म पनि उहाँप्रति सम्मान गर्छु र बाल्यकालदेखि माया दर्शाउँदै आएको छु। दाईले नै मलाई पोखरा घुम्न लैजाने अवसर पनि प्रदान गर्नुभएको थियो । मेरो पनि केहि दिन बिदा भएकोले दाई सँग घुम्न जान तयार भएर पोखरासम्म आए । दाई साथीसँग साँझको भेट गर्ने भनेर एकछीन बाहिर लाग्नुभयो । म मोवाईल चार्जमा राखेर बाथरुममा गएको थिए, एकछिन पछी फर्किएर आएर हेर्दा मोवाईलमा अनिशाको म्यासेज आएको थियो हेल्लो कहाँ पुग्नुभयो ? के गर्दै हुनुहुन्छ हजुर ? यी शब्दहरुले अरुलाई कस्तो भाव झल्किन्छ थाहा भएन तर मलाई उनको ख्याल गर्ने नवप्रवेशी प्रेमबिजले झक्झक्याई रहेको थियो । एकछिन म्यासेज हेरे के लेखौ लेखौ जस्तो लाग्यो अनि म पनि यस्तो लेखिदिए , - 'हजुर, म पोखरा नै छु । आफन्तको घरमा छु , एकछिन पछि बाहिर गएर कल गर्छु है।'उनी पनि मेरो म्यासेजको प्रतिक्षामा रहेछिन कतिखेर पठाउने होला उसले म्यासेज भनेर कुरिरहेकी छिन भन्ने त्यतिबेला महसुस भयो मैले म्यासेज पठाए लगत्तै रिप्लाई दिईन । 'ओके हुन्छ म पनि बाहिर जान्छु ।' रात नजिक आउँदै थियो तर हाम्रो कुराको लागी त्यो अँध्यारोको केहि सीप लागेन । छोरी मान्छे भएर पनि होला परिवारको अगाडि कुनै अपरिचित केटासँग बोल्न पनि जो कसैलाई गाह्रो हुन्छ त्यहीँ पनि उनी आफन्त अंकलआन्टीकोमा बस्न अनि भेट गर्न गएकी थिईन । सुरुमा फोनमा बोल्न जसलाई पनि गाह्रो नै हुन्छ यो कुराको अड्कलबाजी मैले पहिल्यै गरेको थिए सही साबित पनि थियो पहिला मैले म्यासेज पठाएको दस मिनेटपछी म्यासेज पठाए । कता? बाहिर हुनुहुन्छ कल गरुम? उताबाट उनको म्यासेज आयो -हुन्छ अनि मैले कल गरे सुरुमा अलिकती नर्भस भए अनि कुराकानी हुँदै गयो केहि समय पछि कुराकानी गर्दै जादाजादै म सामान्य अवस्थामा आए । स्वभावैले पनि पहिलो पटक कुनै केटी सँग कुराकानी गर्दा जो कोही लप गर्ने उमेरका तथा जुनसुकै उमेरकालाई पनि हुन सक्छ । हाँसीमजाक तथा कुरा गर्दागर्दै अब खाना खानेबेला भयो होला ल अब फोन राख्नुपर्छ है पछि खाना खाएपछी च्याटमा बोलौला फोन गर्दिन हजुरलाई नि अप्ठ्यारो मलाई पनि अप्ठ्यारो है ! फोन काटे । म पनि आफन्तकोमा लागे । मेरा ती आफन्त नाताले मावली पर्ने थिए । म आएको एकछिन पछि दाई पनि आउनुभयो र खाना खायौं । अनि खाएर बिस्तारामा गएपछी एकछिन मोवाईलमा स्नेक गेम खेलिरहेको थिए । एकछिन पछि उताबाट म्यासेज आयो, 'खाना खानुभयो ? ' कति केयर गर्छ मोरीले भेट भएको चौबिस घण्टा पनि भएको छैन । म मनि मनमनै हर्षित भए उसलाई म पनि खाना खाएको जवाफ दिए । अनि सोधे हजुरले खाना खानुभयो ? खाए नि ! अब एकछिन फिल्म हेने कुरा बताईन् । यता म दिनभरको हिडाई अनि थकानले पनि होला निन्द्रालाई म दवाउन सकिन र निन्द्रादेवीको काखमा लटपटिए ।


          भोलीपल्ट आईतवार बिहानै दाई म र दाईका साथीहरु सुर्योदय (सनराईज) हेर्न सराङकोटको डाँडा तर्फ प्रस्थान गर्‍यौं। पोखराबाट सुर्योदय हेर्दा यता तिम्रो पनि मायाको सुर्योदय भएको महसुस भयो । सुर्य पनि उदाउँदै छ र तिमी सँग बिताएका ती प्रेमिल पलहरु पनि अब उदाउँदै छ । कताकता हराए तिम्रो त्यो मनमा सायद तिमीलाई पनि त्यस्तै आभास भएको होला । सुर्यको घामको किरण हेरिसकेर एकछिन हामी सबैजना दाई र दाईका साथीहरु कफीचिया गफमै रमाईरहेका छौ त्यतिबेला आईतबारको उनको बल्ल शब्दरुपी म्यासेजको पनि उदय भयो अनि हेरे त्यो उदयीमान तिम्रो म्यासेज एकछिनमा कल गर्छु है हजुरलाई एकान्तमा गएर भनेर जवाफ म्यासेजमा फर्काए । एकछिन पछि सबैजना तल झर्‍यौ । रमाईलो भेटघाट र केही दाईका साथीहरु सँगको भेटघाटले मन प्रसन्न भयो ,रमाईलो पनि गर्‍यौ यता उता घुमियो । छुटपुट सिमित आफन्तकोमा पनि गयौं । आईतवार प्राय सबै काममा ब्यस्त हुने भएर पनि शनिबार भेटघाटको क्रमलाई निरन्तरता दियौ । त्यो दिन पोखराको मन्दिर, ताल , गुफा लगायत पोखराका महत्वपूर्ण पर्यटकीय स्थलहरु तथा क्षेत्रहरू घुमेर पनि सक्काईयो । दाई र म दिनभरको ब्यस्तताको आईताबारको रमाईलो भेटघाट पनि सकायौ । दाई पनि रमाईलो खालकै मान्छे हुनुहुन्छ तर पनि म किनकिन उहाँलाई मेरो ती भेट भएकी युवतीसँगको बारेमा भन्न सकिरहेको थिएन, उसको बारेमा गुपचुप नै राखे । त्यसदिन हामी दाजुभाई लगायत दाईका साथीहरु बेलुका होटलमा बस्ने निर्णय गर्‍यौं । दाईहरु होटलको बेडरुममा रमाईलो गरे गफगाफ गरे । म भने होटलको खाना खाने रुममा बसेर उनलाई म्यासेज पठाए । रिप्लाई आदानप्रदान भईरहेको थियो । होटलबाट हामी सबैलाई खाना खान बोलाए र हामी खाना खायौं । म एकछिन बाहिर गए अनि रात छिप्पिदै थियो रात छिप्पिएर के भयो र हाम्रो प्रेमको फुलको बिजारोपण हुँदै थियो । मेरो मनले प्रेमयुक्त तिम्रा यादलाई रात्रिको महसुस गराउन दिएको थिएन । रातीमा तिम्रो प्रेमको दियो बलेर पुरै उज्यालो भएको थियो । भुसुक्कै निदाए , चरीको चिरबिर, कुकुरको भुकाई सँगै मानिसहरुको आवाजले निन्द्रा खुल्यो। बिहानीपखका सुर्यका चम्कीला ती किरण मेरा नयनमा पर्न थाले।

       अनि मोवाईलमा म्यासेज पठाए र बाहिर गए कल गरे उसले फोन कल उठाएन !काटियो खै किन किन मन निन्याउरो बन्न पुग्यो । एकछिन पछि उतैबाट फोन आयो अनि जवाफ आयो म एकछिन अंकल आन्टीलाई सघाउँदै थिए फोन आएको थाहा थियो तर उठाईन है सरी ! कति हजुरले मात्र फोन गर्ने म गर्छ भनेर काटेको नि ! फोनमा उनीसँग कुराकानी हुँदै गयो । मैले पनि भनिदिए जब तिमी मेरो यात्राको क्रममा देखापर्‍यौ तब मेरो मनमा तिमीप्रतिको त्यो पलले मलाई प्रेमको गहिराईमा डुवाउदै छ । बिस्तारै - बिस्तारै कुरा गर्दै गए । अनि मनमनै सोचे अलिकती घुलमिल नभईकन पनि के आई लभ यु भन्नु प्रेम गर्न त केहि समय छुट्याउनु पर्छ । भन्छन् प्रेम अन्धो हुन्छ केवल साँचो माया गर्नेहरु कमै मात्रामा भेटिन्छन् प्रेम गर्नु अपराध हुने भए हत्या हिंसा , लुटपाट, चोरी , डकैती गर्ने चाही के हुन् ? आफैले आफैलाई प्रश्न गरे म भावनाको गहिराईमा कति डुबेछु है। अनि एकछिन सोच्दासोच्दै बिस्तारै-बिस्तारै बोल्दै गए उनले भनिन् , बिक्रम किन बिस्तारै बोलेको ? मुसुक्क हाँसी उ मैले उसको आवाज सुनेर महसुस गरे किनकी उसले सुरुमा भेट हुँदा पनि त्यस्तै भाब प्रस्तुत गरी अनि ईशारा दिई नजिकिने भाव प्रस्तुत गरी ।यतिबेला म्यासेज गर्नु अनि मिसकल गर्नु भनी सायद उसले मलाई मायाको भाव दर्शाई। मैले उसलाई भने हजुर ! म खै कता-कता हराउँदै छु खै कसरी भन्नु देखाउन मिल्ने भए छाती खोलेर देखाउँथे तर के गर्नु मेरो प्रेमको पिडाले फोनबाट आवाज रोकिन पुगेको छ । एकछिन ब्यक्तिगत कुराहरु गर्दागर्दै उसले मलाई शान्त हुन अनुरोध गरी। सायद मलाई कतिपय कुराहरुले आफैले आफैलाई ग्लानी बनाईदियो । उ सँगको आत्मियताले मलाई केहि कुराहरु सोच्न बाध्य बनायो । म केहि कुराहरु उ नबप्रबेशी बिजसामु भन्न सक्दिनथे र उसले पनि आफ्ना मनका भाबहरु मेरो मनमा पोखी र फोनमा गम्भीर कुरा गरी । म आफुलाई शान्त बनाउनको लागि पोखराका सुन्दर लोभलाग्दा मनमोहित दृश्य हेरेर चित्त बुझाउँथे । पछि बेलुका फोन गर्छु ल भनेर फोन राखिदिए । र होटलमा गएर दाईहरुसँग सँगै बसेर चियाको चुस्की लिएपछी दाई र म सँगै बसेका साथीहरु त्यस होटलबाट बिदा भएर कार चढेर पाल्पातर्फ लाग्यौं । मेरो मनमा उसँगका यादहरु तथा कारमा भेटेका पलहरु गाडीका चक्काहरु सँगै गुड्दै गए । बाँकी कुरा अर्को तेस्रो भागमा प्रस्तुत गर्नेछु। .............................................................................................
प्रीय पाठक बर्ग तपाई प्रेममा पर्नुभएको छ भने आफ्ना प्रेम कथा पनि पठाउन सक्नुहुनेछ । यो एउटा यात्रागत प्रेम कथा हो कसैको बास्तबिक जीवन सँग मेल खान गएमा संयोग मात्र हुनेछ ।
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.