Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

हिड्दा हिड्दै चियाखाजा सँगसँगै अँकुराएको प्रेम

             आहा ! कति मिठो निन्द्रा लागेछ सपना पनि घुम्न गएको देखेछु । सपना पनि घुमेको देखिसकेपछी बिपनामा पनि घुम्न निस्किनु पर्‍यो । त्यतिबेला म काठमाडौंको डल्लु स्थित चागलमा दाई सँगै डेरा गरी बस्थे । गुल्मीको एउटा ग्रामीण परिवेशबाट उच्च शिक्षा लिन भनेर काठमाडौं आएको थिए । हुन त म जस्ता लाखौं युवाहरु हजारौं सपना बोकेर काठमाडौं उपत्यकामा उच्च शिक्षा अध्ययन गर्न आएका छन् । कलेज पनि छुट्टी थियो, बिहानमा कलेज पढ्दा मात्र बाहिर निस्किन्थे आज भने एका बिहानै ब्युझिएर पनि होला बाहिर निस्किन मन लाग्यो। तर पनि सपना देखेर होला मन मानेन एक्लै हिड्न तम्सिए । कलेजमा पढ्न हिड्ने बानी भन्दा पनि स्वतन्त्र भएर घुम्न गएको मज्जा बेग्लै हुन्छ । नत पढाईको टेन्सन न त कुनै टेन्सन त्यतिबेला म दाईसँग बस्थे । मानिसहरु शारीरिक तन्दुरुस्तीका लागी र प्राय मोटोपना घटाउनका लागि बिहानै उठेर दौडिने हिड्ने गर्दछन् । म पनि सोचे आज म पनि बिहानै उठेर दगुर्नु पर्‍यो र दुई गिलास कागती पानी पिएर बाहिरतिर निस्किए मानिसहरु कोही जोडी भएर हिडेका कोही सुरक्षाकर्मीहरु दौडिएका कोही बाटोको साईडमा बसेर ज्यान पुरै तन्काउँदै छन् । कोही कानमा मस्त ईयरफोन लगाएर हिडिरहेका छन् कोही लठ्ठी बोकेर हिडिरहेका छन् मानिसहरु आ- आफ्नै सुरमा मर्निङ वाकमा रहेका छन् । म पनि बिहानीपखको बाहिरी परिवेशको पाईलालाई अगाडि बढाउँदै छु । छिन छिनमा भरिया बिश्राम स्थलमा भारी बिसाए झै म पनि बस्दै बस्दै बिहानीपखको यात्रालाई अगाडि बडाउँदै छु । हिड्दा हिड्दै बाटोमा म जस्तै उमेरका देखियो युवायुवती पनि देखे ।नजिकै चौर थियो त्यही गएर घोरिएर सोचे हैट! म पनि अव बिदाको समयमा बिहानमा उठेर हिंड्नुपर्छ बिहानभरी सुतेर शरिरलाई केहि फाईदा छैन बरु शरिरमा बिहानको हिडाईले स्फुर्ती बढाउँछ जोस र जाँगर पनि त बढाउँछ । पाँच मिनेट जति त्यही बसेर यात्रालाई निरंतरता दिए ।

         हिड्दा हिड्दै उज्यालोका दियोहरु बल्दै गए । चियाको चुस्की लिन मन लाग्यो । हिड्दा हिड्दै केहि पर स्व्ययम्भु नजिकै एउटा सटर खुला थियो त्यहाँ मानिसहरुको चहलपहल थियो ट्याक्सीहरु लाईन थिए । त्यसका चालक हुनुपर्छ चियाको चुस्की लिदै चियागफ हाँकिरहेका थिए । म पनि चिया पिउनुपर्‍यो भनेर चियापसलमा छिरे । त्यतिबेला मेरो बिहानमा प्राय कालो चिया पिउने बानी थियो । एक कप ब्ल्याक टी बनाईदिन भने एकछिन अपरिचित भएर भएपनि गफ गर्न तम्सिए । चिया पिईसकेपछी स्वयम्भुको डाँडामा जाने मन त थियो फेरी पहिलो दिनको बिहानको स्वतन्त्र यात्रा भएकाले भोली पनि त दिन आउँछ नि भने अनि आजको बिहानी पखको यात्रा यत्ती नै भनी रोके र स्वयम्भुबाट रुमतिर लागे । रुपमा गईसकेपछि नुहाई धुवाई गरेर फ्रेस भए । खाना पकाएर खाए त्यो दिन म रुपमा एक्लै थिए। सानैदेखि जिज्ञासु स्वाभाबको थिए । अध्ययनमा रुचि राख्दथे एक्लै हुँदा रेडियो साथी बन्दथ्यो । एकछिन रेडियो सुनेर पत्रिका किन्न स्टेसनरी पसलमा गए । त्यतिबेला कान्तिपुर पत्रिका किनेर घरमा लिएर आए। बिस्तारामा बसेर पत्रिका पढ्दा पढ्दै त्यही निदाएछु । सधैजसो बिहान कलेज गएर आएर दिउँसोमा करिब एक घण्टा जति सुत्थे । किनकी दिउँसोमा कुनै काम गर्दिनथे । त्यतिबेला मेरो पढ्ने मात्र काम थियो । त्यो दिन पनि अलि दिन बिहानमै नहिडेर होला अलिकती बढी थकान महसुस भयो । करिब तीन घण्टा जति भुसुक्कै निदाएछु । उठे अनि फेरी मुख धोएर दुईघन्टा जति अध्ययन गरे । गाउँबाट पढ्न शहर छिरेको धेरै भएको थिएन । बाहिरबाट डेरा गरी बस्न आएका सबैसँग घुलमिल बन्दै थिए । म गाउँबाट शहर छिरेको एउटा सोझो अनि नरम केटो थिए रे । सबैलाई राम्रो व्यबहार गर्ने भएर पनि होला मलाई भेट्न छिमेकबाट अरु मेरो उमेरका साथीहरु पनि आउँथे म पनि उनीहरुकोमा आवत जावत गर्दथे । छोटो समयमै सबैसँग घुलमिल हुन पुगेको थियो दिन यताउता गर्दै साँझ हुन थाल्यो अनि तरकारी किन्न छिमेकी साथीसँग बाहिर निस्किए । उनको नाम बिनोद थियो । बिनोद पनि मेरै लेभलको साथी उसको घर पाल्पा थियो, अध्ययन गर्न काठमाडौं आएको थियो । मैले आफ्नै परिवेश सँगै जोडिएका गुल्मी पाल्पा स्याङ्जा अर्घाखाँचीका काठमाडौंमा साथीहरु बनाईसकेको थिए । घरभन्दा बाहिर बस्दा स्वाभाबिक रुपले आफ्नै परिवेशका मानिसहरुसँग नजिक हुन स्वाभाभिकैले मन लाग्दो रहेछ ।हुन त सबै काठमाडौं उपत्यकामा आफ्नै नेपालीहरु छन् । तर जे पनि फरकपनको आभास मिल्दोजुल्दो ग्रामीण भेगको सँस्कृतिले बनाउँदो रहेछ । साथीसँग तरकारी किनेर फर्किसकेपछी रुममा आए । दाई पनि रुममा आउनुभयो । बेलुकाको खाना खाए अनि रेडियो सुन्दै थिए । बिबिसी नेपाली सेबा रेडियोबाट सुन्दै थिए सुन्दासुन्दै निदाएछु । भोलीपल्ट पनि बिहानै ब्युझिए हुन त कलेज पनि छुट्टी थियो त्यही भएर टेन्सन पनि नाई फ्री झन चाडो निन्द्रा खुल्दो रहेछ जहिले कलेज जाँदा नि कहिलेकाही अल्छी लाग्थ्यो तर कलेज छुट्टी भएदेखी झन चाँडै उठ्न थाले । हिजोको बिहानी पख हिडेको सम्झिए । मर्निङ वाक गर्न बाहिर निस्किए । काठमाडौं आएको ग्रामीण भेगको नवप्रवेशी भएर पनिसबैतिर त घुम्न भ्याएको थिएन। हुन त यहाँको स्थानीय मानिस पनि उपत्यकाका सबै क्षेत्र घुमेको छैन होला । उपत्यका ठुलै छ नि ! सुरु सुरुमा स्वयम्भू डाँडामा जादा यताउता अलिकती भएपनी नजर लगाउने गर्दथे । स्वयम्भु मन्दिर स्तुपामा भने बेला बेलामा जाने गर्दथे । कालिमाटी स्वयम्भु यताउताको बाटो भने थाहा हुँदै थियो । त्यो दिन बिहानको हिड्ने रुट कालिमाटी तरकारी बजार भएको क्षेत्रतिर तिर जाने निधो गरे । त्यो मेरो मर्निङ वाकको काठमाडौंको दोश्रो दिन थियो । म गुल्मी छ्दा भने बिहान उठेर कहिलेकाही हिड्थे । म डल्लु चागल स्थित डेराबाट उठेर कालिमाटीतिर तेर्सिए हिजो देखेका बिहानीका थप दृश्यहरु दोहोरिए । तर आजको बिहानको हिड्ने नयाँ रुट तय गरेको थिए। अलिकति बेग्लै खालको अनुभुति भईरहेको थियो । कहिलेकाही यात्रा गर्दागर्दै बाटोमा रमाईलो हुँदो रहेछ। गाडीहरु पनि चलिरहेका  थिए । एकछिन रोकिदै हिड्दै गरेर कालिमाटीबाट फकेर फेरी बसन्तपुरतर्फ हानिए । उज्यालो पनि खुलस्त भईसकेको थियो । बसन्तपुर नजिकै चियापसलमा छिरे चियाको चुस्की लिईसकेपछी पत्रिका किन्न पसलमा छिरे त्यो दिन कान्तिपुर पत्रिका नै किने र बसन्तपुरमा रहेको मन्दिर छेउमा बसेर आधा घण्टा पत्रिका पढे । केहि समयको त्यहाँको बसाई पछि पुन डेरातर्फ लागे । खाना पकाएर खाएर सुते दिउँसो उठेर एकछिन किताब पनि हेरे । त्यो दिन पनि सामान्य रुपमै बित्यो। 

म बेलुकामा प्राय रेडियोमा समाचारहरु सुन्थे । देश तथा बिदेशका समसामयिक घटनाक्रमहरु थाहा पाउँथे । बोल्न पनि बोल्थे । एसो बोल्दा त छिमेकीले पत्रकार बन्छ की क्या हो भनेर जिस्याउँथे । साँझमा रेडियो सुन्दै खाना प्राय म पकाउँथे बिहानमा कलेज जानुपर्ने हुँदा खाना पकाउन पर्दैनथ्यो। त्यो दिन खाना खाएर अलिकती चाडैं नै निन्द्रामायाको काखमा लटपटिए ।भोलीपल्ट बिहानै आँखा खुल्यो । बिहानीपखको हिड्ने यात्रा सुरु हुन थाल्यो ।उठेको आधा घन्टापछि पानी पिएर पाल्पाको साथीलाई पनि लिएर स्वयम्भु स्तुपा तर्फको यात्रा गर्दै अगाडि बढाए । बाटोमा कुरा गर्दै यताउताको परिबेशलाई नियाल्दै यात्रालाई अगाडि बढाउँदै लगे । छाउनी क्षेत्र तिर बाट घुमेर अलि नै उज्यालो भएपछी हामी दुईजना छाउनी आसपासको नजिकैको चिया पसलमा छिर्‍यौ । चियाको चुस्की लिएपछि त्यहाँबाट दशमिनेट पछि बाटो लाग्यौ । अनि त्यहाँबाट निस्केपछि स्वयम्भुको मुख्य सडक नजिकैको गेटमा गएर एकछिन कुराकानी गर्‍यौ । म सँग गएको बिनोद पाल्पाको थियो । काठमाडौंमै हाम्रो मित्रता जोडिएको थियो । त्यहाँ बसेर गफगाफ गरिसकेपछी हामी स्वयम्भुको डाँडातर्फ प्रस्थान गर्‍यौं । त्यहाँबाट उपत्यकाको केहि अंश नियाल्यौ । केहि बेरको बसाईपछी त्यहाँबाट झरेर रुमतर्फ यात्रा अगाडि बढायौ । साथी पनि रुममा गयो म पनि रुमतर्फ मोडिए । रुममा गएर दाईलाई आफ्नो बिहानी पखको दुई तीन दिन देखिको यात्राको कुरा सुनाए । त्यो दिन पनि सधैजसो हुने नित्यकर्मका साथमा राती अबेरसम्म बसे ।

         बाहिर मानिसहरुको आवत जावत गाईगुई बढ्दै थियो । बिहान अलि अबेरसम्म सुतिएछ । समय हेरेको सात बजिसकेछ । ला अब के गर्ने होला हैन आज पनि जानुपर्छ कलेज पनि बिदा छ बिहानभरी सुतेर फाईदा छैन बरु हिडेपछी शरिरलाई पनि फाईदा पुग्छ। आज मेरो मर्निङ वाकको चौथो दिन थियो अनि उठेर आज स्वयम्भु तिरै एक्लै जाने निर्णय गरे । मानिसहरु दौडिरहेका छन कोही बाटोको छेउमा बसेर ज्यान तन्याकतुनुक बनाईरहेका छन् । दुई दिन अगाडि देखिने मानिसहरुका बिहानीपखका क्रियाकलापहरु आज पनि नियालिरहेको थिए। आज ढिला भएर पनि होला हिजोभन्दा पाईला छिटो चालिरहेको थिए । आफ्नै सुरमा हिडिरहेको छु । पछाडिबाट कसैले बोलाएको जस्तो लाग्यो अनि पछाडि फकेर हेर्दा एक जना मानिस थिए सुन्नु न कति बज्यो होला ? मैले त्यतिबेला चिमचिमे घडी (अंकमा समय देखाउने झिपिझिपी घडी) बानेको थिए । आठ बजिसकेको कुरा उनलाई बताए। गुल्मेली ठिटो त्यसै त दैनिक एक टाईम चिया पिउन मन पराउने म बिहानको चिया पिउन छुटाउँदैनथे । अनि छाउनी तिरै पुगिसकेपछी यताउता हेरे जता पनि हल्लाउने अल्कोहल वाला चिया पाउने जस्तो दुईचार वटा ठाउँ देखे अनि त्यस वरपर खासै देखिन अघिल्लो पटक आउँदा पिएको चियापसल बन्द भएको थियो अनि अलिकति अगाडी कहाँनेर पाउँछ होला सोचे अनि बिचार गरे एकजना त्यही किराना पसल गरेको दाईलाई सोधे दाई यहाँ चियाकफी मात्र पाउने ठाउँ कहाँ छ उनले अलिकती अगाडी भित्रपट्टी लोकेसन बताईदिए म पनि त्यतै तिर लागे । चिया पसलमा छिरे , अंकल एक कप दुध चिया बनाईदिनु भने चिया पिउँदै त्यहाँ बसेर पत्रिका पढ्दै गरे । पढ्दा पढ्दै अरु मानिसहरु पनि आ- कुरा गरिरहेका थिए । कुरा गर्दागर्दै चिया पसलको अंकल पनि गफ सुन्दै गफ गर्दै चिया पकाईरहेका थिए । अनि उनको भाषाशैली सुन्दा आफ्नै परिवेश तिर जोडिएका मान्छे जस्तो लाग्यो र सोधे हजुरको घर कहाँ हो नि? उनले जवाफ दिए, अर्घाखाँची । कति भयो हजुरले यहाँ चिया खाजा पसल गर्न थालेको ? जवाफ दिए, पाँच बर्ष भयो । मैले पनि बिभिन्न कुराहरु सोधे । श्रीमान श्रीमती भएर त्यस क्षेत्रमा चिया खाजा पसल चलाएका रहेछन् । दुईबटी छोरी र एक छोरा रहेछन् । आफ्नो बारेमा पनि केहि कुराहरु बताए। करिब आधा घण्टे त्यहाँको चियागफपछी आफ्नो डेरातर्फ लागे । डेरातर्फ लागे तीन चार दिनसम्म त्यही दैनिकी दोहोरीयो । मर्निङ वाक आउँदा त्यही अर्घाखाँचीको अंकलकोमा चिया पिउन आउँथे ।

           दिनहरु बिस्तारै - बिस्तारै अगाडि बढ्दै गए । बिहानको मर्निङ वाक हिड्ने दिन पनि रोकियो कलेजका दिन फेरी सुरु भए, कलेज आउ जाउ गर्न थाले। बेलुका तिर बाहिर चोकतिर सम्म निस्किन थाले। दिउसोमा एक डेढघण्टा सुत्ने गर्दथे । अनि मुख धोएर पढ्थे अनि साँझ पर्न थालेपछि तरकारी लगायत दैनिक जीवनका लागी आवश्यक पर्ने सामान किन्न बाहिर तिर पसलमा जाने गर्दथे । अनि दुई हप्तापछी स्वयम्भू तिर घुम्दै फिर्दै गए । सुरुमा काठमाडौं आएको थिए कलेजमा पनि त्यती धेरै केटी साथीहरु सँग घुलमिल भएको थिएन केटा साथीहरु त थिए । बिस्तारै घुलमिल हुँदै थिए । स्वयम्भू नजिकै पहिला चिया पिउन आएको अर्घाखाँचीको चिया बेच्ने दाईको पसलमा गए चिया पिए । सोधपुछ भयो कता हराएको धेरै दिन भयो नि भाई ?कलेज सुरु भएको र बिहानमा फ्री नभएको बताए । गफ गर्दै थिए पसल बाहिर कोही एकजना केटी उभिएकी थिई । अनि त्यहीको चियापसल बाला अंकललाई बाबा म रुममा गए है भनेर बताई । उनले जवाफ दिए कान्छी पख सामान लिएर जालिस। मैले त्यति कुरा गरिसकेपछी थाहा पाए उनको कान्छी छोरी रहेछिन । प्लस टु अन्तर्गत एघारमा अध्ययनरत रहेछिन भन्ने कुरा पनि थाहा पाए। म पनि गुल्मीबाट एघारमा पढ्न काठमाडौं आएको एक सामान्य केटा थिए । मनमनै कुराहरु खेल्न थाले । एकछिन त्यहाँ बसेर तरकारी पाईने ठाउँबाट तरकारी किनेर रुमतर्फ लागे । चियापसलमा चिया गफ सँग बिताएका क्षणहरु सम्झिन्थे । बाटोमा एक हप्तासम्म बिहानमा कलेज बाहेक हिडेका ती बिहानी यात्राहरु स्मरण गर्दथे । कहिलेकाही यस्तो लाग्दथ्यो की जीवनका रंगीन तथा उतारचढावयुक्त ती पलहरु अब सुरु हुँदैछ।

          एक दुई दिनसम्म म कलेज आउ जाउ भन्दा अन्य ठाउँतिर बाहिर निस्किएन । साथीहरुलाई बिदाको समय भईसकेपछि भेट्न की त समय छुट्याएर पहिल्यै कलेज समयमा भेटेर कुराकानी गर्नुपर्थ्यो किनभने फोन गर्नलाई साथमा मोवाईल फोन पनि त थिएन ल्यान्डलाईनमा बोलाउन दुई चार जनाको नम्बर त थियो तर अलिकति झन्झटिलो थियो किनभने फोन गर्‍यो भने बोलाईदिन भन्नुपर्ने अवस्था थियो । दिनहरु कलेज यात्रामा आफ्नै गतिमा बितिरहेका छन् । ती पलहरु कहिलेकाही स्मरणीय लाग्छ । चार पाँच दिनपछी म फेरी बेलुका तिर स्वयम्भू परिसर तिर लागे । स्वयम्भू गए भने पहिला चिया पिउन आउने दाईको चियापसलमा गएर भेट्ने गर्दथे । अनि सोधपुछ गर्ने गर्दथे । चिया सँगसँगै कहिलेकाही चना तथा सेल खाजाको रुपमा खाने गर्दथे । कलेज जाँदा क्यान्टिनमा बिहानमा म चना, सेल, आलु, अन्डा ईत्यादी खाजा  खाने गर्दथे ।त्यो दिन चिया पसलमा आंन्टी हुनुहुन्थ्यो ।अंन्कल अर्घाखाँची जानुभएको रे म गएकै दिन रे । मैले सोधपुछ नि गरे । कान्छी पनि थिईन पसलमा आज बल्ल उनको नाम उसको मंमीले बोलाउदा थाहा भयो, नाम सम्झना रहेछ । कान्छी रमाईलो अनि हँसिली लाग्यो नलागोस् पनि कसरी मनमनै सोचे माया पो बस्छ की क्या हो ।अब त चिया पसलमा नआए पनि मलाई उसको सम्झना आउने नै भयो नाम त्यसै त सम्झना नआओस् पनि त कसरी? मनमनै कुराहरु एक आपसमा लडिरहेका छन् । त्यो दिन मैले सेल तरकारी नि खाजा स्वरुप खाईदिए भोक नि जागेर आएछ दिउँसो खाजा नि खाएन । अब बाटो लाग्ने बेला भयो । अनि उसको मंमीले उसलाई कोठामा पठाउन लाग्नु भएको थियो म पनि कोठातिर लाग्दै थिए उसको कोठा पनि अलिकती तल रहेछ म पनि आफ्नै पाराले हिडेजस्तै हिडे अलिकती पर पुगेपछि उ तिर ध्यान दिए उ पनि म तिर नजर लगाए जस्तो गरी खै के बहानाले बोलाउने होला अल्लमल्ल परे हैन एउटा बहाना त बनाउनु पर्‍यो के बनाउने होला एसो मनमनै सोचे उसले घडी बानेकी थिई त्यो दिन मैले चिमचिमे (अंक देखिने ) घडी बानेको थिएन ।लौजा बोल्ने मौका मिल्यो मनमनै हर्षित भए म सोधिहाले कति बज्यो नि ? साढे पाँच हुन थाल्यो । अनि समय सोधिसकेपछि त्यही त हो कुरा गर्ने बहाना भयो । म कलेज बिदा हुँदा बिहानीपख हिडडुल गर्दा उसको चियापसलमा आएर चिया पिउने गरेको कुरा उसलाई बताए । अघिल्लो पटक चिया पिउन आउँदा उसले याद गरेकी रहेछ नगरोस् पनि कसरी आफ्नै उमेर सरहको एउटा केटा देखेपछि । उसको र मेरा खुट्टाका पाईलाहरु बिस्तारै - बिस्तारै कुरा गर्दै अगाडि बढ्दैछन् सम्झना  सिम्पल अलिकति लज्जालु पनि रहेछ । कुरा गर्दागर्दै बेला- बेलामा हातका औंला टोक्छे । मनमनै सोचिरहेको छु ,सायद मेरो अपरिचित डेटिङ सुरुवात थियो । ल म यताबाट जान्छु हजुर ! उ बिस्तारै मुन्टो बरारी म पनि सुरुमै भेटेको भएर होला छुट्टिएर बाई भन्न एक किसिमले लजाए। एउटा कुरा पनि नछुटाएर भन्दे भोली नि त्यही बेलामा हजुरको चिया पसलमा चिया पिउन आउँछु ल ! सम्झनाले हस् भनी र बाटो लागी म पनि तरकारी किनेर कोठातर्फ लागे । कोठामा गए कोठा नजिकै पुग्दा परिचित साथीहरु र दाईले सरहका मानिसले आज बिक्रम कहाँ गएर आएको हो नि प्रसन्न छौ नि भाई ! हुनपर्‍यो नि दाजु भनेर टारिदिए । मनननै कुरा खेल्यो ,प्रसन्न नहोस् पनि कसरी आज चियापसलवालाको छोरीलाई लाईन मारियो भोली देखी चियाखाजा खाने बहाना बनाएर भेट्ने अवसर मिलेको छ ।रुममा पुगिसकेपछी झिसमिसे साँझ परिसकेको दियो दाई र दाईको साथी आएका थिए छिटोछिटो खाना पकाएर खाएर एकछिन पढ्न बसे । तर के गर्नु पढाई तिर ध्यान गएन आज खै किन किन जाओस् पनि कसरी सम्झनाले भोली चिया पिउन आउँछु भन्दा लज्जाएर हस् भनेको कुरा मेरो दिमागमा ताजै छ ।साथी थियो रेडियो माया पिरतीका गीतहरु बज्दथ्यो दर्जनौ एफ एमहरु पनि छन् प्राय एउटा न एउटामा रात्रिकालिन समयमा गीत बजिरहेको हुन्थ्यो । सानो स्वरमा रेडियो सुन्दासुन्दै निदाएछु ।
           भोली बिहान सबेरै उठे नियमित प्रकृयाहरु सकेर कलेज गए । कलेजबाट फर्किएपछी कोठामा आए खाना खाएर सुतेको करिब दुई घण्टा जति निदाएछु । अनि उठे नुहाए फ्रेस भए एकछिन पढ्न बसे । एक्लै भए भने रुममा साथी रेडियो थियो मनमा चै सम्झनाको सम्झनाले सताईरहेको थियो । मलाई सम्झना कान्छीको कति सम्झना आउँछ। सायद एकतर्फी मायामा परेर होला । बेलुका बाहिर तिर निस्किए केटा साथीहरु लिएर जाउ भने भर्खरै भर्खरै चियापसलवालीको छोरीलाई लाईन मार्दै छु । माया प्रेम बढ्ला जस्तो छ। अनि तरकारी पनि लिएर आउनु पर्‍यो भनेर मानिसहरु नियाल्दै त्यो शहरिया परिवेशलाई नियाल्दै - नियाल्दै स्वयम्भुतिर हानिए । पसलमा गएको आमा छोरी रहेछन् । उसको बाबा गाउँ गएका आज आउने कुरै भएन । सम्झनाको पसलमा गएर सोधे, खाजा के छ? चाउमिन, आलु ,चना ,पाउरोटी,दोनोट, नमकिन यिनयिनै छ, के खाने (सम्झनाको मंमी ) आन्टीले सोध्नुभयो । उसको मंमी पसलका भाँडा सफा गर्दै हुनुहुन्थ्यो उ पनि यत्तिकै यताउता आँखा सलबलाईरहेकी थिई म आएको देखेर मुसुक्क परी । नहोस् नि कसरी हिजोको सुरुवाती बोली नै काफी थियो । आन्टी आलु चना हालेर चाउमिन बनाईदिनु खानको लागी आदेश दिए । नानी दाईलाई चाउमिन बनाईदे त किनभने मंमी भाडा सफा गर्दै हुनुहुन्छ । चाउमिन अलि भुटेर बनाउनु है! हस् जवाफ आयो । अरु केहि ग्राहकहरु पनि चिया पिउदै थिए ।

चाउमिन तयार भयो, सम्झनाले प्लेटमा चाउमिन हालिदिईन । त्यतिबेला चाउमिन खाने ग्राहक म मात्र थिए । चाउमिन खाए चिया नि खाए । मलाई खाजा खान त्यही जो आउनु पर्ने त थिएन नि के मोहनी लाग्यो कुन्नी खै सम्झनाको मायाको चुम्बकले पो तान्यो की के थाहा मनमनै प्रश्नहरु बर्षिए । ह्या तान्नी ठेल्ने गुल्टिने रमाउने नाच्ने गाउने हसाउँने त युवा उमेरमा त हो नि बुडेसकालमा त ट्वाँ परेर लौरो टेकेर हिड्ने भजन गाउने तिर्थब्रत गर्ने हो । अब खाजा चिया खाईयो लाग्नुपर्छ आँन्टी लागे है उसले नि आँखा सन्काई बाहिर पट्टी आएर , बिचरीलाई डर छ छोरी मान्छे हो कसैले नकारात्मक सोचिदिने पो हुन की भनेर लागे ईशारा बुझी आन्टीले भन्नुभयो प्राय आईरहने ग्राहक भएर पनि होला अथवा आफ्नै छोराछोरी सरहको भएर पनि होला आउँदै गर्नु भोलीका दिनमा पनि है ।भोली त आउँदिन आन्टी बेलुका आफन्त काकाकोमा एकदिन भएनी जानुपर्छ,त्यहाँ त्यति गएको छैन बोलाएका छन् भोली गएन भने काका रिसाउँछन् । मायामा हर ईशारा काफी हुन्छ यति भनेपछी सम्झनाले कुरा बुझी अब यो बिक्रम पर्सी आउँछ । त्यहाँबाट करिब आधा घन्टापछी तरकारी किनेर रुमतिर लागे ।
         दिनहरु आफ्नै रफ्तारमा बित्दै छन् सम्झनाको चियापसलमा आउने जाने क्रमले निरंतरता पाईरहेको छ ।आफुलाई पनि उसलाई भेट्दा एक किसिमको आनन्द आउने रहेछ नआओस् पनि कसरी त्यो बैशालु उमेरमा मायामा फसिएछ । करिब एक हप्तासम्म आउजाउ हुँदै गयो । एक हप्तापछी सम्झनाको बाबा पनि अर्घाखाँचीबाट आउनुभयो । म पनि गईराख्ने भएर उनीहरुले राम्रै व्यबहार देखाउन थाले । सम्झना सित पनि नजिकिने मौका पाए । बाबु आमा अगाडि बोल्दैनथ्यौ तर बाहिर अलिकती पर पुगेपछी भने दिल खोलेर बोल्ने बानी भयो । एक किसिमले माया प्रेम बढ्यो । एकले अर्कालाई माया गर्न थाल्यौ । बेलुका- बेलुका घुम्ने बहानामा सम्झनाको चिया पसलमा आउने गर्दथे । चिया पनि खाने गर्दथे खाजा पनि पहिला- पहिला खाने भन्दा अलिकती बढी दिने गर्दथे ।एकदिन संयोगबस सांझमा सम्झना सँग खाजा पसलमा अलिकति बाहिर नै भेट भयो । खुसी भई उ म पनि प्रसन्न भए । सम्झना कता हिडेको ? प्रश्न गरे। मँमी गाउँको दिदीकोमा भेटघाट गर्नको लागी जानुभएको छ बाबा पसलमा एक्लै हुनुहुन्छ त्यही भएर जान लागेको उसले जवाफ दिई ।सोधे मैले सम्झनालाई म सँग घुम्न जाने होईन ? उसले प्रतिप्रश्न गरी कहाँ जाने ? मैले उत्तर दिए माथी स्वयम्भु जाम है ।उसले जवाफ दिई, नाई त्यहाँ त नजाम मलाई अपठ्यारो हुन्छ । म भोली साथी रन्जितालाई पनि भन्छु उ पनि जान्छे फेरी मेरो त्यो बेस्ट फ्रेन्ड हो । मैले भने ठिकै छ त के भयो र तीन जना गएपछी डेटिङ गएजस्तो पनि नहुने गहिरिएर शंका कसैले नि नगर्ने। भोली दिउँसो दुई बजेतिर घरबाट यहि समयमा यहि ठाउ डल्लुतिरै आउन भने , हस् बाई भनी सम्झना पसलतिर लागी । म आज उसको चियापसलमा गएन किनभने संयोगले उ सँग बाटैमा भेट भयो ।
             भोलीपल्ट बिहान कलेज तिर गए कलेजबाट आईसकेपछी दाईले खाना बनाईसक्नु भएको थियो। खाना खाएर एकछिन आराम गरे । अनि ठिक त्यही समयमा म, सम्झना र उसको साथी रन्जिता काठमाडौंको डल्लुमा भेट भयौं । अब हामी बिस्तारै बिस्तारै कुराकानी गर्दै हिडेर डल्लुबाट बसन्तपुर तर्फ लाग्यौं । उसको बेस्ट फ्रेण्ड सँग पनि चिनजान हुने मौका मिल्यो । नाम पहिल्यै सम्झनाबाट थाहा पाएको थिए । हाँस्दै रमाउँदै जिस्किदै बसन्तपुर पुग्यौं । एकछित त्यहाँ बसेर न्युरोड गेट हुँदै आरएनएसी सम्म पुग्यौ अनि एकछिन त्यहाँ बसेर बिर हस्पिटल हुँदै भित्री बाटोबाट घुमिफिरी बसन्तपुर आयौ अलिकती थकान पनि त लाग्यो भोक पनि लाग्यो । मनमनै आज सम्झना सँग हात समाई - समाई डुल्न कहाँ मौका मिल्छ र । साथमा फोन पनि थिएन उस्को, मेरो! होस पनि कसरी भर्खरै एघार कक्षामा पढ्ने गाउँबाट सहर छिरेका केटाकेटीको मोवाईल हातमा हुने कुरै भएन । मनमनै सोचे, फोन भए त कति फस्ट्याउँथ्यो होला है हाम्रो प्रेम , जे भएपनि अब हाम्रो प्रेमको फुलको बोट  अँकुराउदै छ। मलाई त खासै भोक थिएन तर पनि उनीहरुलाई भोक लागेको हुनाले  हामी तीनैजना खाजा खाना लाग्यौ।  बसन्तपुरबाट अलिकती भित्र छिरिसकेपछी खाजा घर जस्तो देखियो, खाजाघर छिर्यौ       ।  खाजामा अन्डा चाउमिन बनाउन लगायौ। काठमाडौंमा खाजामा कि त चाउमिन की त मोमो जहाँ गए नि त्यही हुन्थ्यो । म प्राय खाजामा चना सेल ,पाउरोटी ,दोनोट ,समोसा, आलु चप तथा चाउनिन खान्थे।प्राय चाउमिन खान्थे तर जहिले नि खाने भएर होला त्यती मिठो नि लाग्दैन एउटै बस्तु पटक पटक के रुचोस् चाउमिन खाजा आयो सम्झनालाई अलिकती थपिदिए अलिकती रन्जितालाई पनि थपिदिए यो आजको मेरो तर्फबाट हजुरहरुलाई बोनस खाजा हो । मुसुक्क हाँसे दुईवटै केटीहरु, मा पनि मौनतामा रहेर भित्री  मनबाट हाँसिरहे । खाजा खाईसकेपछी एकछिन बसन्तपुरतिर गएर मन्दिरको पेटीमा जिस्किएर बस्यौं उसको साथी भावना पनि छिट्टै घुलमिल हुन पुगी । मलाई र सम्झनालाई जिस्क्याउँथी । सम्झनामा पनि लजाएर मुसुक्क हाँस्थी । साँझ पर्न लाग्यो एकछिन रमाईलो गरी डेरातर्फ लाग्ने तयारी गर्‍यौ। उनीहरुलाई पनि आफ्नो कोठामा जान म बसेको ठाउँ हुदै जानुपर्थ्यो ।अब छुट्टिनुपर्छ ल बाई बाई सम्झना र रन्जिता, हस् बाई भन्दै मुसुक्क हाँसिदिए । पछि पनि समय मिलाएर भेट्ने कुरा गरेर हामी छुट्टियौ । बेलुकाको तरकारी बजारको नियमित यात्रा पनि सकेर म डेरातर्फ मोडिए ।   

प्रीय पाठक बर्ग तपाई प्रेममा पर्नुभएको छ भने  आफ्ना प्रेमयुक्त  गतिविधिहरु पनि पठाउन सक्नुहुनेछ । तपाईले पठाउनु भएको प्रेम कथालाई पात्रको नाम परिवर्तन गरी पाठक सामु प्रस्तुत गर्नेछु। प्रेम गर्नु अपराध होईन यो केवल उमेर उमेरमा फरक फरक ढंगबाट फरक फरक  रुपमा देखा पर्ने गर्दछ । तपाई कसैको बास्तबिक जीवन सँग मेल खान गएमा संयोग मात्र हुनेछ ।
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.