टोपलाल अर्याल
मध्यपहाडी भेगमा पर्ने जिल्ला गुल्मी, राजधानी काठमाडौंदेखि झन्डै चार सय किलोमिटर सडक यात्रापछि सदरमुकाम तम्घास पुगिन्छ । धार्मिक तथा प्राकृतिक सम्पदाले धनी यो जिल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ । तर, यस जिल्लामा लुकेका धेरै सम्पदाको अझै पनि प्रचार–प्रसार पुगेको छैन । रूरूक्षेत्र र रेसुंगाधाम यस जिल्लाका प्रसिद्ध पौराणिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पावन तीर्थस्थल हुन् ।
मुख्य आकर्षण
रेसुंगा पोखरीदेखि करिब सात सय मिटर उकालो लागेपछि गरुडस्थान पुगिन्छ । रेसुंगा शिरमा बनाइएको ‘भ्यु टावर’बाट गुल्मीसहित छिमेकी जिल्लाका अधिकांश स्थान र मनमोहक हिमशृंखला देखिन्छ । रेसुंगाको पश्चिमपट्टि रेसुंगासँग आमनेसामने उभिएको अर्जुन डाँडाले पनि तम्घास पहिलोपटक आउने सबै पाहुनालाई मनमोहित बनाइदिन्छ । पाँच पाण्डव महाभारतको युद्धपछि स्वर्गद्वारी जाने क्रममा एक भाइ अर्जुन माथि डाँडामा गई बसेकाले डाँडाको नाम ‘अर्जुन डाँडा’ रहन गएको किंवदन्ती छ । त्यहाँ अर्जुन भगवतीको विशाल मन्दिर छ । मन्दिरमा बडादसैँ, चैतेदसैँ, हरेक आइतबार र मंगलबार पूजा गरिन्छ । अर्जुन डाँडाको दक्षिण पाखामा एउटा रमणीय गुफासमेत छ ।

कसरी पुग्ने ?
पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रिडी–तम्घास रुटमा सहज यातायात सुविधा उपलब्ध छ । तानसेनदेखि रिडीसम्म ३० किमि र रिडीदेखि तम्घाससम्म ४५ किमिको यात्रापछि तम्घास पुगिन्छ । लुम्बिनी, बुटवल, मिर्मी, पाल्पाजस्ता पर्यटकीय स्थानबाट एक बिहानको यात्रामा रूरू क्षेत्रको अवलोकन र पूजा आराधना गरी श्रृंगेश्वर धाम बलेटक्सार, चोयघा हुँदै तम्घास पुगिन्छ । तम्घास बजारबाट रेसुंगा पोखरीसम्म पुग्न २० मिनेट यात्रा गर्नुपर्छ । रेसुंगामा महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताको सहयोगमा बनाएको ठूलो पोखरी छ । विभिन्न तीर्थस्थलबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुंगाको पोखरी प्राचीनकालदेखि नै पवित्र तीर्थस्थलका रूपमा रहेको छ ।

यदुकानन्दले विसं. १९८३ मा बनाएको यज्ञशाला पनि छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुंगाकै सबैभन्दा ठूलो मन्दिर हो । यज्ञशालाभित्र अवस्थित हवन कुण्डमा अखण्ड धुनी प्रज्वलित छ । त्यस्तै रेसुंगाकै सबैभन्दा पुरानो सिद्ध मन्दिरसमेत यहाँ अवलोकन गर्न सकिन्छ । त्यस्तै स्वामी शशिधरको समाधिस्थल विष्णुपादुका र लक्ष्मीनारायणको समाधिस्थल पनि रेसुंगाको आकर्षण हो ।
रेसुंगाको महत्व ?
तम्घासदेखि करिब एक किलोमिटर उकालो हिँडेपछि मैरा क्षेत्र पुगिन्छ । महाप्रभु लक्ष्मीनारायणको तपस्यास्थल गौशालादेखि करिब एक घन्टा हिँडिसकेपछि सावनी शिवालय पुगिन्छ । वरिपरि पर्खालले घेरिएको यस आश्रमभित्र आँपका बोट छन् । कम्पाउन्डभित्र हवनकुण्ड, कुवा, भक्तजन बस्न बनाइएका आश्रमका भग्नावशेष देखिन्छ । रेसुंगा पोखरीको पूर्वपट्टि एउटा सानो डाँडो छ । उक्त स्थानमा त्रेता युगका ऋष्यशृंग आफ्नो अर्धांगिनीलाई लिएर आएका थिए भन्ने मान्यता छ । प्रेमजोडी र प्राकृतिक मनोरञ्जन लिन जोसुकैलाई यो ठाउँ अत्यन्त मनमोहक र आरामदायी छ । सानो रेसुंगाको दक्षिणपट्टि (गौँडाकोट झर्ने बाटोमा) एउटा ओडार छ । माइती ओडारका पश्चिमपट्टी एउटा फराकिलो चौर छ । उक्त चौरलाई ‘ध्वजा बान्ने’ भनिन्छ । यस चौरमा विवाहमा जन्ती आवतजावत गर्दा ध्वजा बाँध्ने प्रचलन छ ।

- २०७५ पौष ७ शनिबार नयाँ पत्रिकामा छापिएको