Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

मेरो खुल्ला प्रेमपत्र

प्यारी प्रेमिका उर्बशी 
      न्यानो माया!

      आज म तिमीलाई सम्झनास्वरूप खुल्ला प्रेमपत्र लेख्ने प्रयास गर्दै छु मायाको अनुभूति गराउन पत्रमार्फत् तिम्रो ठेगाना सम्झेर खुला रुपमा दुनियासामु प्रस्तुत भएको छु। जीवनमा माया प्रेम त जन्मदेखी परिवार तह हुँदै हरेक उमेरमा हरेक कोणबाट हरेक व्यक्तिसँग हुन्छ जीवनको बढ्दो उमेरको चरणमा अपरिचित हुदै प्रेमिल दुनियाँमा परिचित बनेर रमाउन आएकी एउटी बिपरित लिंगीप्रति दर्शाएको माया प्रेम मलाई बिल्कुलै फरक अनि रोचक लागेको छ जुन दिनबाट तिमी मेरो मनको कुनामा आनन्दले बस्न थाल्यौ नि त्यसदिन देखी तिमी प्रति धेरै विश्वासमा डुबेको छु, मायामा संसार अडेको छ भन्थे हो, साच्चिकै हो रहेछ

तिमी टाढा छौ म दुरताको गणनाले टाढा छु तर मेरो मन टाढा छैन हुन पनि दिने छैन तिमी पनि भौतिक शरीर टाढा भएपनि मन कहिल्यै टाढा नबनाउनु प्यारी ल मायाप्रेम, आत्मीयता के हो त्यो त अहिले मलाई आभास भएको छ संगसंगै तिमीलाई पनि आभास भएको छ होला भन्ने अनुमान गरेको छु जतिबेला तिमीसँगको भेटघाट निरन्तर हुन थाल्यो त्यतिबेला प्रेमको आत्मीयता बढ्दै गयो एक आपसमा सुमधुर कुराकानी हुन थाल्यो बोलीभन्दा पनि ईशाराको भाब दर्शाउँदा लाग्छ प्रेम भन्ने गजबको हुदो रहेछ भेटघाट भएपछी घन्टौ समय तिमीसंग बिताउन मन त लाग्छ तर के गर्नु खुला पबित्र प्रेम भएपनि समाजको डर हुने बाध्यताले छिट्टै छुट्टिनु पर्ने रहेछ आज मेरो भावनाका मलिन प्रेमिल यादरुपी शब्दहरुको बाक्य तिमी सामु प्रस्तुत गर्न खोजिरहेको छु] तिमीले कति बुझ्यौ या मैले कति बुझे त्यसको कुनै हेक्का नै छैन
हरपल सम्झिरहन्छु टोलाईरहन्छु एकान्तमा बसेर तिम्रै सामिप्याताको अनुभूति गरिरहेको हुन्छु, कहिलेकाहीँ त म भावनामा डुबेर प्रेमील गीतहरु सुनेर तिम्रा यादहरुलाई गीतमै महसुस गरिरहेको हुन्छु प्रेममा जिज्ञासा, कौतुहलता, त्याग, तपस्या, सामिप्यता हुन्छ भन्छन् तर म सिक्दै छु तिमी संगको प्रेमयात्राले सिकाउदै छ घरीघरी तिमीले बोलाएको जस्तो हुन्छ सायद तिम्रो प्रेममा कोपिला लाग्न लागेको फुल झैँ भएको छु  लेख्दालेख्दै कलम रोकीरहन्छ, मन बहकिन्छ तर पनि सच्चा प्रेमको महसुस गर्दै तिम्रो नाममा पत्र लेखिरहेको छु, जीवनमा कुनै कुरा भुल्न सकिन्छ तर कदापि भुल्न नसकिने भनेको माया प्रेम रहेछ तिमी जहाँ भएपनि फोन सम्पर्कमा रहनु है! भुलिदिने साहस नगर्नु है! कहिलेकाही तिम्रो व्यस्ततालाई म पनि बुझ्ने छु तिमी पनि प्लिज मेरो ब्यस्ततालाई बुजिदेउ म त तिम्रो प्रेममा पागल भए तर तिमी मेरो प्रेममा म जस्तै ईमानदार पागल नबन्नु , मैले कहिलेकाही अन्जाममा तिम्रो चित्त दुखाएको हुला त्यसलाई ठुलो झगडाको रुपमा नालिदेउ  माया प्रेम बढाउन बेला बेलामा अलिकति रिस पनि चाहिदो रहेछ आज तिमीलाई मैले बताउन ईच्छुक भएकहिलेकाही यस्तो लाग्छ माया गर्न मान्छे टाढा भएपनि उसका आत्मीयता झल्काउने प्रेमिल शब्दहरुले नजिक ल्याई रहोस् त्यस्तो बातावरण तिमीले तयार गर्नु ल, प्रेमका भावहरु अदृश्य यादहरुमा म तड्पिएर बसे पनि पत्र पढेर तिमी धेरै नै भाबुक नबन्नु ल प्रेम त छदै छ त्यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन आफ्नो शैक्षिक करियरलाई विशेष प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्छ, तिम्रो सफलता मेरो पनि सफलता हो, तिम्रो खुसी मेरो पनि खुसी हो

        
तिमी संगको प्रेमको सागरमा उभ्याउन पाउदा मैले आफुलाई भाग्यमानी संगसंगै गौरवान्वित ठानेको छु। संसारको अजीबको प्रेमिल जोडी बनेर आफुलाई दुनियाँसामु उभ्याउनु छ शब्द शब्दमा प्रेमका भावहरु ब्यक्त गर्दागर्दै पनि आफैलाई कताकता प्रेमरुपी बाक्यहरुको कमी त भएको छैन आफैले आफैलाई प्रश्न गर्छु फेरी एकपटक सोच्छु प्रेमरुपी बाक्यहरु जति लेखेपनि पुरा नहुने रहेछ तिम्रो प्रेमले गर्दा मलाई अझ धेरै कुरा लेख्न सिकाउने बनाउदै छ तिमी जहाँ छौ जस्तो अवस्थामा छौ तिम्रा दिनरातहरु खुसीसाथ्  बितोस् , आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्ने गर्नु, दुरताले टाढा भएपनि मेरो मन नजिक छ मेरो प्रेममा एकतर्फी तड्पिएर नबस्नु होला! यादहरु आए संचारका  हरेक माध्यमहरु पनि त छन् , सम्पर्कमा आईदिनु है! प्रत्युत्तरमा मेरो यो प्रेमपत्रको जवाफ फर्काईदिनु है! तिमीलाई यस पत्रबाट पनि प्रणय दिवसको शुभकामना !
                                      
                                                  उही तिम्रो भलो चाहने प्रेमी 
                                                           बिक्रम गौतम 



नोट: यो प्रेमपत्र प्रणय दिवसलाई लक्षित गरी लेखिएको हो, यसमा मैले आफु प्रेमीको अवतारसँगै एकजना काल्पनिक प्रेमिका पात्र उर्बशी नामकी युवती खडा गरि केही कुरा समेट्ने प्रयास गरेको छु। प्रेमपत्र कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ। 

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.