Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस - पीडितलाई न्याय देउ

मानिस एक सामाजिक प्राणी हो, अरु प्राणीको तुलनमामा मानव बुद्धिजीबी प्राणी पनि हो । हाम्रो बिश्वधर्तीको आ-आफ्नो तह क्षेत्रमा रहेर चलायमान बिकास, बिनास, उत्पत्ति, उन्ननी, समृद्धि जस्ता विविध कार्यहरु मानव प्राणीले गरिरहेको छ। मानव प्राणीबिनाको समाजमा परिवर्तनको परिकल्पना असम्भव रहेको छ। बिश्वका प्रत्येक देशका प्रत्येक समाजमा विभिन्न जाजजातिका मानिसहरु बसोबास गर्ने गर्दछन् ती सबैको आ- आफ्नै धर्म, भाषा, कला, जीवनशैली, रहनसहन तथा संस्कृति छ। बास्तबमा मानिसलाई जातजातिमा तहगत रुपमा बिभाजन गरेकै पनि मानव जातिले नै हो, त्यही तहगत रुपमा बिभाजन गरेर आजको युगमा मानव जातिमा बिभेदको सिर्जना भईरहेको छ।


मानिसमा शिक्षा तथा ज्ञानको कमीले गर्दा पनि समाजमा विभिन्न नकारात्मक सन्देश दिने खालका गतिविधिहरुले प्रशय पाईरहेका छन् । मानिस शिक्षित भएर पनि हुँदैन, बिश्वका कतिपय शिक्षित मानिस पनि अपराधीक पृष्ठभुमि बनाईरहेका छन् । हामीले आफ्नो शिक्षितपनलाई सदुपयोग गर्ने हो भने आफुले आर्जन गरेको क्षिक्षालाई ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन सक्नुपर्छ, समाजमा देखापरेका विभेद तथा बेमेललाई मिलाएर लैजान सक्नुपर्छ । समाजमा बसेर सबैको सामाजिक मेलमिलापको पात्र बन्न सक्नुपर्छ , कसैलाई गाली गलौज अन्याय अत्याचार गर्नु हुँदैन र गर्न दिनुपनि हुँदैन। कतिपय समाजमा अज्ञानताको कारण सामाजिक विभेद देखापर्न सक्छ, त्यसैले समाजमा बेलाबेलामा सामाजिक चेतनामूलक क्रियाकलाप संचालन गर्नुपर्छ र राज्यतर्फबाट पनि गराउनको निमित्त पहल कदमी चाल्नुपर्छ ।


बिश्वपरिवेशमा तहगत भेदभाब बढ्दै जादा विभिन्न कोणबाट द्वन्द्वको स्थिती देखापर्दै गएको छ। एकले अर्काको अस्तित्व स्वीकार नगर्ने, एकले अर्काको सम्मान नगर्ने, हेपाहा प्रबृत्तिले बिश्वका हरेक समाज चरम सामाजिक द्वन्द्वको अवस्थामा गुज्रिएका छन् । कतिपय राष्ट्रमा अझै पनि शासक पक्षले नागरिकमाथी आफ्नो अधिनायकवाद जमाईरहेको स्थिति छ नागरिकलाई अन्यायमा पारेका छन् । बेला बेलामा न्याय पाउनको लागि कति देशमा त रक्तपातपुर्ण आन्दोलन पनि चर्किएका छन् , आन्दोलन चर्किएर हिंसा बढ्दै जादा थुप्रैले ज्यान पनि गुमाएको पनि संचारका विभिन्न माध्यमबाट हामी अन्य देशका नागरिकले थाहा पाएका छौ।प्रत्येक समाजमा कुनै न कुनै समयमा विभिन्न किसिमका द्वन्द्व सँगसँगै अपराधिक गतिविधि देखापरेको छन् हत्याहिंसा, मानव बेचबिखन, लुटपाट, चोरी डकैटी, बलात्कार ईत्यादी जस्ता जघन्य अपराध देखापरिरहेका छन् । समाजमा वर्ण, जातजाति भाषा धर्मको सँगसँगै तहगत आधार खडा गराएर हेप्ने प्रवृत्ति बढिरहेको छ।

हाम्रो नेपाली समाजको सन्दर्भमा पनि कतिपय नेपाली नागरिकअन्याय, अत्याचार, दमन शोषण सँगसँगै बिभेदमा परेका छन् ।नेपालमा पछिल्लो पटक बलात्कार, हत्याहिंसा, चोरीडकैती, लुटपाट सँगसँगै बिभिन्न जघन्य आपराधिक गतिविधि बढिरहेको छ, सरकार लगायत सम्बन्धित प्रशासनले अपराध न्यूनीकरणको सन्दर्भमा उल्लेख्य प्रगति गर्न सकिरहेको छैन। सरकारले समाजमा ब्याप्त रहेका जघन्य अपराधजन्य गतिविधि रोक्नको निमित्त कानुनलाई अझ परिमार्जन गरेर कडाअगाडि लैजानुपर्छ, जबसम्म अपराधीक गतिविधिमा संलग्नलाई राजनीतिक मुल धारको बिषयबाटबाट पन्छाईन्छ तबसम्म पिडित जनताले सामाजिक न्यायको अनुभुती गर्न सक्दैन। प्रत्येक मानिसको जात एकखाले मानिस नै हो, प्रत्येक मानिसको रगत रातै हुन्छ। हाम्रो नेपाली समाजमा परापुर्वकालदेखी नै मान्छेको बेईमानीपनले गर्दा नै जातिगत द्वन्द्व सिर्जना हुने गरेको थियो तर नेपाली समाज परिवर्तन हुँदै यो आधुनिक तहको खण्डमा आउँदा केही परिवर्तन भने पक्कै भएको छ यो सब मानिसमा शिक्षाको परिवर्तनले गर्दा भएको हो । अझै पनि नेपाली समाजमा चरम सामाजिक बिभेदको जरा गडेको छ तर हामीले यसलाई एकैपटक निर्मुल पार्न त सक्दैनौ तर यसलाई न्यूनीकरण गरेर समाजमा व्यापक परिवर्तन ल्याउन भने पक्कै सक्छौ । नेपाल सरकारले सामाजिक अन्याय अत्याचारमा परेकाहरुलाई न्याय दिनको निमित्त प्रतिबद्ध हुनुपर्छ। सरकारले देशका कतिपय क्षेत्रमा सामाजिक अन्याय र बिकृति बिरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरोस् , देशभर रहेका कतिपय अशिक्षित नागरिकलाई लक्षित गरेर साक्षरता अभियानलाई पनि पुन सुचारु गरोस् । आगामी दिनहरुमा हाम्रो नेपाली समाजमा कोही पनि अन्यायमा नपरोस् , सबैले न्याय पाउन् न्याय दिलाईयोस् ।अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसमात्रै पारेर होईन अरुबेला पनि सरकार सम्बन्धित सरोकारवाला निकायले पिडकलाई कारबाही गरोस् पीडितलाई न्याय देओस् । संयुक्त राष्ट्र संघले प्रत्येक बर्ष फेब्रुअरी २० का दिन अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउदै आईरहेको छ। अन्याय अत्याचार बिभेदमा परेका सबैले राज्य तथा समाजबाट न्याय पाउन्।




Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.