Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

पीडितलाई न्याय देउ! निर्दोष ब्यक्ति अन्यायमा नपरोस् ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या हो या हत्या भन्ने नै स्पष्ट हुन सकिरहेको छैन, यो घटनाले हामी सबै नेपालीलाई दुखी तुल्याएको छ।एउटा भिडियो क्लिप बाहिर आयो, भिडियो धेरैपटक काटछाट गरेर मिलाईएको छ , त्यसमा दबाब दिएर यातना दिएको प्रष्ट झझल्को देखिन्छ त्यो क्लिप आत्महत्या भन्ने पुष्टिको बलियो आधार बन्न सकिरहेको छैन । त्यसलाई आधार मानेर संचारकर्मी रबि लामिछाने युवराज कडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गर्‍यो । प्रस्तुत भिडियो क्लिप एकदमै शंकास्पद छ, होटल मालिकलाई र भिडियो सार्वजनिक गर्ने पत्रकारलाई पनि अनुसन्धानको धेरामा राख्नुपर्छ तबमात्र हत्यारा पत्ता लाग्छ। अनुसन्धान गर्नु प्रहरी प्रशासनको दायित्व पनि हो, उच्च राजनीतिक दबाबमा आएर प्रहरीले अनुसन्धानलाई प्रभावित पार्ने काम गर्नु हुँदैन यदि त्यस्तो गर्न खोजेमा प्रहरी अनुसन्धानमा खटिएका प्रहरीलाई पनि अनुसन्धानको घेरामा राख्न पर्ने अवस्था सिर्जना होला , यस्तो अवस्था नआओस् दु:खद घटना भयो, शालिग्राम पुडासैनीको परिवारप्रती हार्दिक समबेदना प्रकट गर्दछु। दोषीलाई कानुनले तोके बमोजिम कारबाही हुनुपर्छ। अनुसन्धान गर्नु प्रहरीको दायित्व पनि होला तर अनुसन्धानको नाममा निर्दोष संचारकर्मीलाई नफसाईयोस् , दुनियाँ पीडित नागरिकको उद्दार गरेका रबिले त्यस्तो गर्लान् भन्ने हामीले सोचेका पनि छैनौ सोच्ने पनि छैनौ जबकी सार्बजनिक न्यायसंगत कार्यक्रम "सिधा कुरा जनतासँग" कार्यक्रम चलाएर यस्तो गर्लान् भनेर सोच्न पनि सकिँदैन , उनलाई आफ्नो शिर सदैब उच्च राख्नु छ, सबैको मन जित्नु नै छ जबकी रबि स्वयमले भनेका छन् म रिहा भएको तीन मिनेटमै आफुलाई निर्दोष प्रमाणित गर्न सक्छु। सम्मानित अदालतले रबिलाई छिट्टै निर्दोष साबित गर्नेछ । अरुलाई न्याय दिलाईदिन सहयोग पुर्‍याउने रबि अन्यायमा परेका छन् रबिलाई न्याय देउ। पीडितलाई न्याय देउ! निर्दोष ब्यक्ति अन्यायमा नपरोस् ।
रबि लामिछानेको समर्थनमा काठमाडौंमा दिनप्रतिदिन जनसागर उर्लिदै..... हेर्नुहोस् भिडीयो

Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.