शिक्षा ज्ञानको ज्योति हो, शिक्षालाई अन्धकारबाट उज्यालो तर्फ डोहोर्याउने माध्यम पनि भनिन्छ। हरेक मानिसलाई शिक्षा आवश्यक पर्दछ, हरेक न हरेक कोणबाट मानिसले शिक्षा प्राप्त गरिरहेको हुन्छ। एउटा मानिस परिवारमा जन्म लिई सकेपछी परिवार समाज हुँदै कतिपय कुराहरु उमेरको बढ्दो क्रम सँग सँगै स्वतस्फूर्त सिक्दै जान्छ। मानिस कतिपय कुराहरु बिद्यालयको निम्न तहदेखि उच्च तहसम्म पुग्दा पनि औपचारिक शैक्षिक ज्ञान हासिल गर्दै गई रहेको हुन्छ। शिक्षाले मानिसको जीवनमको हरेक पलहरुमा प्रभाब पारेको हुन्छ।
नेपालमा शिक्षाको स्तरमा पछिल्लो पटक परिवर्तन हुँदै गईरहेको छ तर पनि राज्यले शैक्षिक स्तरमा सोचेजस्तो कदम चाल्न सकिरहेको छैन। नेपालमा छुवाछुत, भेदभाब,अन्धबिश्वास तथा कुरितीले जडो गाड्नुको मुख्य कारण पनि अशिक्षा हो। शिक्षित मानिस तथा बुझकारी मानिसको बोलकबोलले स्थान पाउन नसकेकोले हाम्रो नेपाली समाजमा लामो समयसम्म सामाजिक विभेद कायम रहीरहन पुग्यो तर हालका दिनहरुमा नयाँ संबिधान निर्माण भएसँगै सामाजिक बिभेदमा कमी आएको छ ।
देशका कतिपय कुनाकाप्चामा अझै पनि कतिपय मानिसहरुमा चेतनाको स्तर कमजोर नै रहेको छ । सरकारले अनौपचारिक शिक्षा कार्यक्रम संचालन गरेतापनि सबैको पहुँच पुग्न सकेन। देशका कतिपय क्षेत्रमा बिद्यालय जाने उमेरका बालबालिकाहरु आर्थिक अवस्था कमजोर भएका कारण न्युनतम आधारभुत शिक्षाबाट पनि बन्चित हुन पुगेका छन् । सरकारले बिद्यालय पढ्ने उमेरका परिवारको आर्थिक अवस्था कमजोर बालबालिकाहरुलाई बिद्यालय पठाउने र भर्ना गर्ने अभियानमा केही हदसम्म भएपनि सक्रियता देखाएको छ, त्यो शैक्षिक कार्यक्रम अभियानको राम्रो पक्ष हो । राज्यका हरेक क्षेत्रमा बसोबास गर्ने कुनै पनि नागरिकहरु शिक्षाबाट बन्चित हुनु हुँदैन। औपचारिक तथा अनौपचारिक शिक्षा कार्यक्रमलाई प्रभाबकारी तथा परिणाममुखी निमित्त सरकारले बजेट कार्यक्रमलाई बढाबा दिदै जानुपर्छ र शैक्षिक क्षेत्रमा देखिएका कमीकमजोरी हटाउनको निमित्त शैक्षिक अनुगमनकर्तालाई खटाउनु पर्छ। देशमा निरक्षर घटुन् कोही पनि नागरिकहरु शिक्षाको अवसरबाट बन्चित नहोस् साक्षरताको संख्या बढोस् , नागरिकहरुमा उच्चस्तरको शिक्षाले बढाबा पाउदै जाओस् ।