Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

निजामती सेवा दिवस - भ्रष्टाचारीको खोजीखोजी कारवाही सँगसँगै बेईमान , इमानदारी कर्मचारीको वाहवाही सँगसँगै सम्मान


राज्य संचालन गर्नको निमित्त देशको स्थायी सरकारी संयन्त्र भनैकै निजामती संयन्त्र हो, कर्मचारी संयन्त्र हो। एउटै सरकार बरु लामो समयसम्म रहिरहन सक्दैन तर सरकारी कर्मचारीहरु लामो समयसम्म नागरिकलाई दिने सरकारी सेवामा रहिरहन्छन् । कानुनको अधिनमा रही बिधि र प्रक्रियागत ढंगबाट राज्यले नागरिकलाई सेवा पुर्‍याउनको लागि सरकारले कर्मचारीहरु नियुक्ति गर्ने गर्दछ सामान्यतया हामी ती कर्मचारीहरुलाई सरकारी कर्मचारी भन्ने गर्दछौ । राज्यको हरेक तहका बिभाजित प्रशासनिक एकाईहरुमा कार्यहरु सरल र सहज रुपमा गर्नको निमित्त कर्मचारीहरुको आवश्यकता पर्ने गर्दछ।


हाम्रो देश नेपाल संघीय शासन प्रणालीमा गईसकेको छ । बर्तमान समयमा प्रदेश सरकार ,स्थानीय सरकार माताहतका निकायहरुमा थुप्रै कर्मचारीहरु आवश्यक रहेको छ । नागरिकले राज्यबाट पाउने सेवा सुबिधालाई ध्यानमा राखी सरकारले देशका विभिन्न सरकार सम्बद्ध माताहतका निकायमा योग्य कर्मचारीहरुलाई नियुक्ति गर्नुपर्छ। कर्मचारी देशको प्रशासनिक संयन्त्र चलाउने एउटा महत्वपूर्ण अंग हो । नेपालमा सरकारी माताहतका निकायहरुमा घुसखोरी भ्रष्टाचारजस्ता क्रियाकलाप बढ्दै गईरहेको छ, हामी नागरिक पनि सजग हुनु जरुरी छ सरकारले कर्मचारी बर्गमा देखिएका चरम भ्रष्टाचार साथसाथै चरम लापरबाही समयमै पहिल्याउन सकेको खण्डमा प्रशासनिक एकाईमा सुधार हुँदै जाने थियो । राम्रो काम गर्न कर्मचारीहरुलाई समय समयमा प्रोत्साहन गरिरहनुपर्छ पुरस्कृत गरिरहनु पर्छ जसले गर्दा कर्मचारीको मनोबल उच्च हुन पुग्छ ।

निजामती सेवा दिवस भन्ने मिति नै पारेर होईन कि अरु कुनै पनि बेला सरकारले ती सम्पुर्ण सरकारी कर्मचारीको कार्य सम्पादनको उच्च मुल्यांकन गर्न सकोस् । घुसखोरी भुस्याहा कर्मचारीलाई कारवाही गरोस् । निष्ठावान् ,असल, ईमानदार राष्ट्रसेवक कर्मचारीहरुलाई पुरस्कृत सदैब गरिरहोस् । सम्पुर्ण राष्ट्रप्रेमी सरकारी कर्मचारीजगतलाई निजामती सेवा दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ! 
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.