Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

स्वादिष्ट मुलाको अचार बनाउने फरक तरिका

मुलालाई तरकारी, अचार वा काँचै सलादको रूपमा सेवन गर्न सकिन्छ ।
आयुर्वेदका अनुसार मुलाको सेवन गर्दा यसका अनेकौं फाइदाहरू छन् ।
मुलाको सेवनले मृगौलाको समस्या, पाइल्स, पेटको समस्या, तौल घटाउन, आन्द्राको समस्यामा धेरै फाइदा पुर्‍याउने गर्छ । मुला मधुमेह भएकालाई पनि लाभदायक मानिन्छ ।
खाना नरुच्दा वा मुखको स्वाद फेर्नका लागि मूलाको अचार बनाएर खान सकिन्छ ।
आज हामी मुलाको अचार बनाउने विधि लिएर आएका छौं, जुन घरमा सजिलो तरिकाले कम समयमा बनाउन सक्नु हुन्छ ।
मुलाको अचार बनाउन चाहिने सामग्रीः
लामो र सानो गरी काटेर २ देखि ३ घण्टा घाममा सुकाएको मुला, अचारमा हाल्ने मसलाका लागि सौँफको धुलो, मेथीको धुलो, ज्वानोको धुलो, जिराको धुलो, तोरीको धुलो, हिङ्गको धुलो, नुन स्वादअनुसार, खुर्सानी र आधि लिटर तोरीको तेल ।
मुलाको अचार बनाउने विधिः
तयार पारेको मुलालाई सफा र चलाउन सजिलो हुने भाडाँमा राखेर सबै मसलालाई मिसाउनु पर्छ ।
तेललाई तातो पारेर अलिकति चिसो पारेर अचारमा मिसाउने ।
सबै मुलामा मसला मज्जाले लगाउनका लागि राम्ररी मोल्ने र सफा सिसिमा अचारलाई खादेर तेलमा डुब्नेगरी राख्नु पर्छ ।
सिसिमा हावा चिरेको वा पानी परेमा अचार बिग्रिने वा ढुसी आउने हुन सक्छ ।
उक्त अचार भएको सिसिलाई एक हप्तासम्मको लागि घाममा राख्ने गर्नुपर्छ ।
यदि सादा अचार खान मन नपरेको खण्डमा मुलासँग काउली, बन्दा, टमाटर, हरियो खुर्सानी, गाजर, लसुन अदुवा हालेर माथि दिएकै विधि अपनाएर पनि अचार बनाउन सकिन्छ ।


माथी उल्लिखित बिधि  ईन्टरनेटबाटै साभार गरिएको हो।

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.