Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

जीवन उपयोगी केही भनाइहरु

 आफ्नो जीवन भोगाईबाट मान्छेले धेरै कुरा सिक्छन्। आफुले भोगेको, झेलेको, अनुभव गरेको कुरा नै बढी जीवनोपयोगी हुन्छ। तर, आफ्नो भोगाईबाट मात्र सबैकुरा सिक्न वा बुझ्न संभव छैन।

सुनेका, देखेका कुराहरुबाट पनि हामी पाठ सिक्न सक्छौं। अतः चिन्तक, दार्शनिक, वैज्ञानिक, नेता आदिले विभिन्न सन्दर्भ र कालखण्डमा बोलेका कुराहरु पनि हाम्रा निम्ति अनमोल पाठ हुनसक्छ। यहाँ त्यस्तै भनाईहरु प्रस्तुत गरिएको छ, जो प्रेरणादायी छन्।

–खुसी त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जो अरुको खुसी देख्न चाहन्छ ।

अज्ञात

–आफैमाथि विजय गर्नु सबैभन्दा श्रेष्ठ र महानतम विजय हो ।

प्लेटो

–सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरु जीवनभर मुकदर्शक बनिरहन्छन् ।

अज्ञात

–समझदार व्यक्तिले सारसले जस्तै होशियारीपूर्वक काम गर्नुपर्छ । स्थान, समय र आफ्नो क्षमता बुझेर कार्य सम्पन्न गर्नुपर्छ ।

चाणक्य

–आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो

स्वामी विवेकान्द

–दृष्टिकोण एक समान्य कुरा हो तर, त्यसले धेरै ठूलो फरक पार्छ ।

विस्टन चर्चिल

– त्यस व्यक्तिको अटल साहसभन्दा धेरै प्रभावशारी केही पनि छैन, जो आफ्नो स्वतन्त्रता र सम्मानका लागि दुःख सहन अनि त्याग गर्न तयार छन् ।

मार्टिन लूथर किंग

-हामीले नयाँ परिस्थितीमा नयाँ सोंचका साथ काम गर्नुपर्छ ।

अब्राहम लिंकन

-उत्कृष्टता एक शतत प्रक्रिया हो, कुनै दुर्घटना होइन ।

अब्दुल कलाम

– हमीले भूतको बारेमा पछतो गर्नुहुन्न । भविष्यको बारेमा चिन्तित हुनुहुन्न । विवेकवान व्यक्ति सधै वर्तमानमा बाँच्ने गर्छन् ।

चाणक्य

– वितेको दिनबाट सिक, आउनेवाला दिनप्रति लागि आशा राख । र, आजको लागि बाँच ।

अल्बर्ट आइस्टाइन

– जिन्दगी एक साइकल जस्तै हो । यदि त्यसलाई सन्तुलित बनाएर अगाडि बढाउने हो भने पाइडल मारिरहनुपर्नेछ ।

अल्बर्ट आइस्टाइन

– महान सौन्दर्य, अत्याधिक ताकत, धेरै धन वास्तवमा कुनै उपयोगी छैन । एक सच्चा हृदय सबैभन्दा श्रेष्ठ छन् ।

बेन्जामिन फ्रेंकलिन

– एक मूर्ख आफुलाई बुद्धिमन सम्झन्छन् । तर बुद्धिमान व्यक्ति आफुलाई मुर्ख सम्झन्छन् ।

विलियम शेक्सपियर

-विश्वास त्यो शक्ति हो, जसले उजाडिएको दुनियमा प्रकाश ल्याउन सक्छ ।

हेलेन केलर

-सन्तुलित मन बराबर कुनै तपस्य छैन । सन्तोष बराबर कुनै खुसी छैन । लोभ बराबार कुनै बिराम छैन । दया बराबर कुनै सदाचार छैन ।

चाणक्य

-अस्वस्थ्यकर जीवन जीवन होइन, बस पीडाको एक स्थिति हो ।

गौतम बुद्ध

-आफ्नो सपनालाई साकार बनाउने सर्वश्रेष्ठ तरिका हो, तिमी जाग ।

पल वैलेर

-बुद्धिमान व्यक्तिले अर्कोको गल्तीबाट पनि पाठ सिक्छन् ।

पी सायरस

-बिना उत्साह कुनैपनि महान काम संभव छैन ।

राल्फ वान्डो एमर्सन

-त्यही व्यक्तिलाई आलोचना गर्ने अधिकार हुन्छ, जो सहयोग गर्ने भावना राख्छ ।

अब्राहम लिंकन

-अज्ञानता र विचारहिनता दुबै मानवता विनासको दुई ठूलो कारण हुन् ।

जन टिलोटसन

–पुरा जीवन एक अनुभव हो । तिमी जति प्रयोग गर्छौं उत्तिनै यसलाई उत्कृष्ट बनाउन सक्छौं ।

राल्फ वाल्डो एमर्सन

–एक बुद्धिमान व्यक्तिको प्रश्नमा आधा उत्तर लुकेको हुन्छ ।

सोलोमन इब्र गेबिरोल

–राम्रो निर्णय अनुभवबाट प्राप्त हुन्छ । तर दुर्भाव्यवश अनुभवको जन्म गलत निर्णयबाट हुन्छ ।

रीटा माए ब्राउन



Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.