शिव ताण्डव स्तोत्र, शिवका महान् भक्त एवं असुरहरूका राजा, रावणद्वारा रचिएको हो । यो स्तोत्र कसरी रचियो अनि यसका हरफहरूको अर्थ के हो ? आउनुहोस् जानौँ:
रावण शिवका महान् तथा उग्र भक्त थिए । उनीहरूका बारेमा थुप्रै कथाहरू उल्लेखित छन् । एउटा भक्त महान् बन्नु हुँदैन, तर रावण महान् भक्त थिए ! उनी दक्षिणबाट हिँडेरै कैलाशसम्म पुगे— कृपया तपाईं यो कल्पना गर्नुहोस्, उनले हिँडेरै त्यत्रो दुरी पूरा गरे । शिवको महिमा गाउँदै रावणले पूरै यात्रा तय गरे । आफूसँग भएको डमरु बजाउँदै, कुनै तयारीबिनै उनले तत्कालै १००८ श्लोकहरू रचना गरे, जसलाई शिव ताण्डव स्तोत्रम भनिन्छ ।
रावणको भजनले शिव अत्यन्तै प्रसन्न एवं मन्त्रमुग्ध भए । भजन गाउँदै गर्दा, बिस्तारै रावणले दक्षिणतर्फबाट कैलाशमाथि चढ्न शुरु गरे । रावण लगभग टुप्पोमा पुगिसकेका थिए । यता शिव भने त्यो सङ्गीतमा पूरै मग्न भएका थिए । पार्वतीले रावण माथितिर आइरहेको देखिन् ।
कैलाशको शिखरमा दुईजनाको लागि मात्र स्थान थियो ! त्यसैले, पार्वतीले शिवलाई सङ्गीतको नशाबाट बाहिर निकाल्ने प्रयास गरिन् । उनले भनिन्, “लौ न ! रावण त माथि नै पुग्न लागिसक्यो ।" तर, शिव भने रावणको भजन र सङ्गीतमा चुर्लुम्मै डुबेका थिए । अन्ततः पार्वतीले उनलाई भजनको सम्मोहनबाट बाहिर सामान्य अवस्थामा फर्काइन् । अनि, रावण शिखरमै पुग्न लाग्दा शिवले उनलाई लात्ताले धक्का दिए । कैलाशको दक्षिणपट्टीको भागबाट रावण घिस्रिँदै तल पुगे । यस्तो भनिन्छ कि रावण डमरु लिएरै तल गुल्टिएको हुँदा पूरै पर्वतभरि त्यसको छाप बनेको हो । यदि तपाईंले कैलाशको दक्षिणी भागलाई हेर्नुभयो भने, तपाईं त्यसको बिचमा चिरिएको जस्तो दाग देख्नुहुनेछ, जुन सिधै तलसम्म गइरहेको छ ।वास्तवमा भन्नुपर्दा, कैलाशको एकपट्टीको भाग र अर्कोपट्टीको भागबिच तुलना गर्नु वा भिन्नता देखाउनु उपयुक्त होइन । तर, हाम्रो निम्ति कैलाशको दक्षिण भाग विशेष छ, किनकि यस भागमा अगस्त्य मुनिले देह त्याग गरी पर्वतसँग एक भएका थिए । हामी यहाँ दक्षिण भारतमा रहेकोले त्यो मेरो पूर्वाग्रह पनि हुन सक्छ अनि मलाई लाग्छ कि त्यो सबैभन्दा सुन्दर भाग हो ! त्यस भागमा हिउँ भइरहने हुनाले अवश्य पनि त्यो सुन्दर छ ।अनेक कारणहरूले गर्दा,कैलाशको दक्षिण भागमा सबैभन्दा बढी प्रखरता र तिव्रता छ,तर निकै कम मानिसहरू मात्र त्यहाँ पुग्छन् । त्यो अलिकति दुर्गम छ अनि कठिन मार्ग समेत भएकोले केही निश्चित मानिसहरू

मात्र त्यहाँ जाने गर्छन् ।
जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां
भुजङ्गतुङ्ग मालिकाम्
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं
तनोतु नः शिव: शिवम् ॥१॥
जटाबाट बगेको जलले पवित्र भएको कण्ठ,
घाँटीमा मालाको रूपमा झुण्डिएको सर्प,
अनि डमरूको डमट् डमट् डमट् ध्वनिको तालमा,
महादेव शिव अद्भुत ताण्डव नृत्य गरिरहनु भएको छ—
उहाँको कृपाले हामी सबै सम्पन्न र समृद्ध बन्न सकौँ ।
जटाकटा हसंभ्रम भ्रमन्निलिंपनिर्झरी विलोलवीचिवल्लरी विराजमानमूर्धनि
धगद्धगद्धगज्ज्वल ल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम: ॥२॥
भगवान शिवप्रति मेरो गहिरो अभिरुचि छ,
जसको शिर अलौकिक गङ्गा नदीमा बगिरहने लहरका धाराहरूले सुशोभित भएको छ,
जसको निधारको सतहमा तेजस्वी अग्नि प्रज्ज्वलित भइरहन्छ,
अनि जसले आफ्नो शिरमा आभूषणको रूपमा अर्ध–चन्द्रमा धारण गर्नुभएको छ ।
धराधरेन्द्रनन्दिनी विलासबन्धुबन्धुर स्फुरद्दिगन्तसन्तति प्रमोद मानमानसे
कृपाकटाक्षधोरणी निरुद्धदुर्धरापदि क्वचिद्विगम्बरे मनोविनोदमेतु वस्तुनि ॥३॥
मेरो मनले भगवान शिवमा केवल खुसी खोजिरहोस्,
जसको मनमा अद्भुत ब्रह्माण्डको सम्पूर्ण जीवहरूको वास छ,
जसकी अर्धाङ्गिनी पर्वतराजकी पुत्री पार्वती हुनुहुन्छ,
जो सर्वत्र व्याप्त रहेको आफ्नो करुणामयी दृष्टिले असाधारण विपत्तिहरू नियन्त्रित गर्नुहुन्छ,
अनि जसले दिव्य लोकहरूलाई आफ्नो पोशाक जसरी धारण गर्नुभएको छ ।
जटाभुजङ्गपिङ्गल स्फुरत्फणामणिप्रभा कदंबकुंकुमद्रव प्रलिप्तदिग्व धूमुखे
मदांधसिंधु रस्फुरत्वगुत्तरीयमेदुरे मनोविनोदद्भुतं बिंभर्तुभूत भर्तरि ॥४॥
मलाई भगवान शिवमा अद्भुत सुख मिलोस्, जो सम्पूर्ण जीवनको रक्षक हुनुहुन्छ,
उहाँको सर्पको खैरो–रातो फणा अनि फणामाथि चम्किरहेको मणिले
त्यस दिशाका देवीहरूको सुन्दर अनुहारमा भिन्न–भिन्न रङ्गहरू छरिरहेको छ,
जुन विशाल र मदमत्त हात्तीको छालाबाट बनेको चमचमाउँदो दोसल्लाबाट ढाकिएको छ ।
सहस्रलोचन प्रभृत्यशेषलेखशेखर प्रसूनधूलिधोरणी विधूसरां घ्रिपीठभू:
भुजङ्गराजमालया निबद्धजाटजूटकः श्रियैचिरायजायतां चकोरबंधुशेखरः ॥५॥
भगवान शिवको कृपाले हामीलाई सम्पन्नता र समृद्धि मिलोस्,
जोसँग ताजको रूपमा चन्द्रमा छ,
जसको कपाल रातो नागको हारबाट बाँधिएको छ,
जसको पाउदान इन्द्र, विष्णु र अन्य देवताहरूको शिरबाट अर्पित फूलहरूबाट बगेको धुलोले गाढा रङ्गको भएको छ ।
ललाटचत्वरज्वल द्धनंजयस्फुलिंगभा निपीतपंच सायकंनम न्निलिंपनायकम्
सुधामयूखलेखया विराजमानशेखरं महाकपालिसंपदे शिरोजटालमस्तुनः ॥६॥
शिवका जटाहरूबाट हामीले सिद्धिहरू प्राप्त गर्न सकौँ,
जसले कामवासनाको देवता कामदेवलाई
आफ्नो निधारमा सल्किएको अग्निको झिल्काले भष्म गर्नुभएको थियो,
जो देवलोकका सबै स्वामीहरूको आदरणीय हुनुहुन्छ,
जो अर्ध–चन्द्रबाट सुशोभित हुनुहुन्छ ।
करालभालपट्टिका धगद्धगद्धगज्ज्वल द्धनंजया धरीकृतप्रचंड पंचसायके
धराधरेंद्रनंदिनी कुचाग्रचित्रपत्र कप्रकल्पनैकशिल्पिनी त्रिलोचनेरतिर्मम ॥७॥
मेरो अभिरुचि भगवान शिवमा छ, जोसँग तेस्रो नेत्र छ,
जसले शक्तिशाली कामदेवलाई अग्निमा होमिदिनु भयो,
जसको विशाल निधारको सतह डगद् डगद्...को ध्वनिले दन्किरहन्छ,
उहाँ एकमात्र यस्तो कलाकार हुनुहुन्छ, जो पर्वतराजकी पुत्री पार्वतीको स्तनको टुप्पोमा
सजावटी रेखाहरू कोर्न निपुण हुनुहुन्छ
नवीनमेघमंडली निरुद्धदुर्धरस्फुर त्कुहुनिशीथनीतमः प्रबद्धबद्धकन्धरः
निलिम्पनिर्झरीधरस्तनोतु कृत्तिसिंधुरः कलानिधानबंधुरः श्रियं जगंद्धुरंधरः ॥८॥

जसले पूरै संसारको भार उठाउनुहुन्छ,
जो चन्द्रमाले मनमोहक बन्नुभएको छ,
जोसँग अलौकिक गङ्गा नदी छिन्,
जसको घाँटी तह–तहका बादलहरूले ढाकिएको औँशीको मध्यरात जस्तै अन्धकार छ
प्रफुल्लनीलपंकज प्रपंचकालिमप्रभा विडंबि कंठकंध रारुचि प्रबंधकंधरम्
स्मरच्छिदं पुरच्छिंद भवच्छिदं मखच्छिदं गजच्छिदांधकच्छिदं तमंतकच्छिदं भजे ॥९॥
म भगवान शिवको प्रार्थना गर्दछु, जसको कण्ठ मन्दिरहरूको चमकले घेरिएको छ,
जुन पूरै फक्रिएको नीलकमल फूलहरूको गरिमाले सुशोभित छ,
उहाँको कण्ठ ब्रह्माण्डको कालिमा (कालोपन) जस्तै देखिन्छ,
शिव— जसले त्रिपुरको विनाश गर्ने कामदेवलाई समाप्त गर्नुभयो,
जसले सांसारिक जीवनका बन्धनहरू नष्ट गर्नुभयो,
जसले बलिको अन्त्य गर्नुभयो, जसले अन्धक दानवलाई समाप्त गर्नुभयो,
अनि जसले मृत्युको देवता यमलाई समेत पराजित गर्नुभयो ।
अखर्वसर्वमंगला कलाकदम्बमंजरी रसप्रवाह माधुरी विजृंभणा मधुव्रतम्
स्मरांतकं पुरातकं भावंतकं मखांतकं गजांतकांधकांतकं तमंतकांतकं भजे ॥१०॥
म भगवान शिवको प्रार्थना गर्दछु, जसको वरपर मौरी उडिरहेका हुन्छन्,
किनकि शुभ मानिने कदम्ब फूलहरूको सुन्दर गुच्छाबाट महको मधुर सुगन्ध आइरहेको छ,
भगवान शिव जसले त्रिपुरासुरको विनाशक कामदेवलाई भस्म गरिदिनुभयो,

अनि जो यमराजको पनि यमराज हुनुहुन्छ ।
जयत्वदभ्रविभ्रम भ्रमद्भुजंगमस्फुरद्ध गद्धगद्विनिर्गमत्कराल भाल हव्यवाट्
धिमिद्धिमिद्धि मिध्वनन्मृदंग तुंगमंगलध्वनिक्रमप्रवर्तित: प्रचण्ड ताण्डवः शिवः ॥११॥
शिवको ताण्डव नृत्य, नगाढाबाट चर्को आवाजमा निस्किएको
'ढिमिड ढिमिड' को श्रृङ्खलासँग लयमा छ,
शिवको विशाल निधारमा अग्नि प्रज्ज्वलित छ,
जुन भव्य आकाशमा गोल–गोल घुमिरहेको नागको श्वासले गर्दा फैलिएको हो,
दृषद्विचित्रतल्पयो र्भुजंगमौक्तिकमस्र जोर्गरिष्ठरत्नलोष्ठयोः सुहृद्विपक्षपक्षयोः
तृणारविंदचक्षुषोः प्रजामहीमहेन्द्रयोः समं प्रवर्तयन्मनः कदा सदाशिवं भजे ॥१२॥
म कतिखेर शाश्वत शुभ देवता, भगवान सदाशिवको पूजा गर्न सक्नेछु,
जसले सम्राटहरू र साधारण मानिसहरूप्रति,
घासको पत्ता र कमलप्रति, मित्रहरू र शत्रुहरूप्रति
सर्वाधिक मूल्यवान रत्न र धूलोको थुप्रोप्रति,
सर्प र हारप्रति अनि विश्वमा भएका विभिन्न रूपहरूप्रति समभाव राख्नुहुन्छ,
कदा निलिंपनिर्झरी निकुंजकोटरे वसन् विमुक्तदुर्मतिः सदा शिरःस्थमंजलिं वहन्
विमुक्तलोललोचनो ललामभाललग्नकः शिवेति मंत्रमुच्चरन् कदा सुखी भवाम्यहम् ॥१३॥
अलौकिक गङ्गा नदीको निकट गुफामा रहेर,
आफ्ना हातहरूलाई जतिबेला पनि बाँधी आफ्नो शिरमा राखेर,
शिव–मन्त्र उच्चारण गरी आफ्ना दूषित विचारहरूलाई पखालेर,
विशाल निधार र जीवन्त नेत्रहरू भएका भगवानप्रति समर्पित रहेर,
म यत्तिकै प्रसन्न रहन सकूँ ।
इमं हि नित्यमेव मुक्तमुक्तमोत्तम स्तवं पठन्स्मरन् ब्रुवन्नरो विशुद्धमेति संततम्
हरे गुरौ सुभक्तिमाशु याति नान्यथागतिं विमोहनं हि देहिनां सुशंकरस्य चिंतनम् ॥१४॥
यो स्तोत्र जुन रूपमा यहाँ उल्लेख गरिएको छ,
सोही अनुरूप जो–जसले पढ्छन्, स्मरण गर्छन् वा सुन्छन्,
ती सधैँका लागि पवित्र हुन्छन् अनि महान् गुरु शिवको भक्तिको पात्र बन्दछन्,
यो भक्तिको लागि अर्को कुनै मार्ग वा तरिका छैन,

महादेव शिवको विचार गर्नाले मात्रै पनि सबै भ्रमहरू मेटिन्छन् ।
Sadhguru को वेबसाईटबाट साभार गरिएको