Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना

सेकेन्ड बित्छ मिनेट बित्छ घन्टा बित्छ दिन हुँदै रात बित्छ अनि दिनहरु हुँदै हप्ता बित्छ हप्ताहरु जोडिदै महिनौं बित्छ महिनाहरु जोडिदै बर्ष बित्छ, यसलाई तपाईं हामीले न त रोक्न सकिन्छ न त छेकेर छेक्न सकिन्छ समय एउटै रहदैन कहिले प्रतिकुल बनिदिन्छ कहिले अनुकुल बनिदिन्छ । जन्म लिएपछि हुर्किदै अनेक बाधा अबरोध पार गर्दै छिचोल्दै बिस्तारै बिस्तारै घर परिवार हुँदै समाजको भित्री र बाहिरी आवरणमा मानिस आफुलाई उभ्याउँछ। समयको प्रबाह सँगसँगै आशा अपेक्षा आवश्यकता बदलिदै जान्छन् , जिन्दगीको कुनै मोडमा प्रगति उन्नति उतार चढाब भई नै रहन्छन् जे छ त्यसमा खुसी हुने हो हिजोभन्दा आज राम्रो आज भन्दा भोलि राम्रो बनाउने हो जसरी मिल्छ त्यसरी खुसी हुने हो। भनिन्छ नि सास रहेसम्म आश रहि नै रहन्छ दिन महिना बर्ष फेरिन्छ यो त अटुट भईरहने हो । जिन्दगी एकपटक रहने हो यसरी आफ्नो एकपटकको रजाइँ हो जसरी आफुलाई खुसी अनि सन्तुष्टि  मिल्छ त्यसरी सकारात्मक उर्जामय बनाएर जिन्दगीको मजा लिनुपर्छ। शत्रु र मित्र होईन सौहार्दपुर्ण तवरले आ- आफ्नो जिन्दगी जिउन पर्छ लामो या छोटो कसैलाई पनि थाहा छैन बाँचुन्जेल रमौ अनि रमाऔं । नयाँ बर्ष बि.सं. २०८१ सालको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने आमाबुवा, दाजुभाई, दिदीबहिनी, आफन्तजन, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । 
 



 

Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.